भरत पौंडेल
दिल्ली, भारत । राजधानी दिल्लीमा एक नेपाली युवा दुर्घटनाको कारणले गर्दा आफ्नो मानसिक सन्तुलन गुमाएका छन् । आजको दुई हप्ता पहिला राजधानी दिल्लीको रोहिणीमा नेपाली युवाको दुर्घटना भएको जानकारी आएको हो । युवाको उपचार पश्चिम रोहिणीको सरोज अस्पतालमा चलिरहेको छ । स्वास्थ्यमा सुधार आएको छ तर युवाले आफ्नो नाम, कार्यस्थान, नेपालमा जन्मस्थान कुनै पनि जानकारी दिन सकेका छैनन् । केहि दिन वेंटिलेटरमा राखेपछि अहिले सामान्य अवस्था देखिएका छन् । तर पनि मानसिक सन्तुलनमा कुनै सुधार आएको छैन ।
उक्त घटनाको जानकारी पाए पछि गुल्मी सेवा समाजका संस्थापक अध्यक्ष नरेश घिमिरे, गुल्मी सेवा समाज भारतका समाजसेवि जगदीश थापा र मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका समाजका सुनिल थापाले अस्पतालमा क्यारटेकरको भूमिका निर्वाह गरेका छन् । घिमिरे द्वारा खोज तलास गर्दा उक्त युवाको नाम प्रशान्त वाग्ले, नेपालमा बाग्लुंग हाटिया धुदिला भाटि भएको बताएका छन् । रोहिणीमा पटियाला साइना नामको होटेलमा कार्यगरिरहेका थिए भन्ने जानकारी होटेलमा सँगै कार्यरत नेपाली स्टाफले बताएका छन् । तर उनले सन्तोसजनक उत्तर भने दिएनन् ।
पिडितको उपचार निजि अस्पतालमा चलिरहेको छ । जसले गर्दा कुनै आफन्त अथवा सम्बन्धित व्यक्तिले अस्पतालको रकम भुक्तानी गर्नु पर्छ भन्ने डरले पनि बेवास्ता गरेको सम्भावना देखिएको छ । तर दिल्ली सरकारको नयाँ नियम अनुसार दुर्घटनामा परेका व्यक्तिको कुनै आफन्तको थाहा नलागेमा पिडितको सम्पूर्ण बिल भुक्तानी दिल्ली सरकारले गर्दछ ।
नेपाल अथवा भारतमा कुनै पनि आफन्तले पिडितको बारेमा जानकारी दिएमा गुल्मी सेवा समाज टिमले पिडितलाई अस्पतालबाट डीसचार्ज गरि नेपालसम्म पुराइ दिन आफुले सक्दो सहयोग गर्ने आस्वासन दिएका छन् ।
भारत अथवा नेपालमा पिडितलाई चिनेको कुनै पनि व्यक्ति भएमा पिडितको बारेमा जानकारीलाई साझा गर्नका लागि सम्पर्क गर्न सक्नुहुने छ न . ८४४७५१७८५२ (नरेश घीमीरे) ९९५८४६१०३५ (जगदिश थापा)