दुखद समचारः रेलबाट खसेर २२ बर्षीय उमेशको निधन

0
464
Dead body in a mortuary

चेन्नई । रोजगारीका लागि नेपालबाट चेन्नई जानेक्रममा उमेश खड्काको रेलबाट खसेर दुःखद निधन भएको समाचार प्राप्त भएको छ ।


उमेश खड्का मनहरी गाउपालीका १, मकरी मकवानपुर निवासी भीम बहादुर खड्का २३ वर्षीय छोरा हुन् ।

रक्सोलबाट मिथिला एक्सप्रेसद्वारा हावरा (कलकत्ता) हुँदै त्यहादेखि कोरोमण्डल एक्सप्रेसद्वारा चेन्नई जाने क्रममा २१ मार्च २०१८ का दिन चेन्नईको नजिकै एन्नोर भन्ने ठाउँमा करिव ३.४५ बजे बेलुका दौड़ीरहेको रेलबाट खसेर उमेशको दुःखद निधन भएको उनीसँगै आएका साथीले बताए ।

पहिल्यैदेखि चेन्नईको टिनगरमा जागिर गर्ने मृतकका दाजु रमेश खंड्कालाई उनै साथीले फोनगरि खबर गरेका थिए ।

घटनाको जानकारी दाजु रमेश खंड्काले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका जिम्मेवार कार्यकर्ताहरु ज्योतिनारायण सुवेदी र शेरबहादुर किवलाई जानकारी गएका थिए ।

घटनाको जानकारी पाए लग्त्तै केन्द्रीय सदस्य महेन्द्र बस्यालको नेतृत्वमा चेन्नई दक्षिणका कमल बसेल, नरबहादुर, चेन्नई उत्तरका नरबहादुर गुरूङ, आफन्तजन सहितको टोली घटना स्थलमा पुगेको थियो । स्थानीय जनता र पुलिस प्रशासनको सहयोगमा २२ मार्च २०१८ का दिन घटना स्थलबाट निजको शव ब्रामत गर्ने कार्य भएको छ ।

उक्त शवको भोली २३ मार्च २०८ का दिन पोस्टमार्टम गरेर दाहसंकार गर्ने निर्णय गरिने महेन्द्र बस्यालले हामीलाई बताए, “मृतकको क्षतिपूर्तिको लागि वकिलसँग छलफल गरि आवश्यक कागजपत्र मिलाउने काम गर्दैछौं ।” मुद्दा फैसला भएपछि मृतकका आमा–बाले रू. ८ लाख पाउने रेलवे वकिल आर. अप्पुराजले जनाएको बस्यालले हामीलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here