दिल्लीमा प्रवासी नेपालीहरूले द्वादसीका दिन मनाए दशैं

0
356

सुबास बस्नेत/नयाँ दिल्ली । प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मञ्च ओखला नगर समितिको संयुक्त आयोजनामा राजधानी दिल्लीको ओखलामा दशैं बिशेष भेटघाट तथा टीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागिहरुले प. शिव प्रसाद कोईराला र ८६ वर्षिय जेष्ठ नागरिक चन्द्र बहादुर थापाको हातबाट टीका तथा आशिर्वाद ग्रहण गरेका थिए ।

दशैंको दिन लगभग सबै जसो आ–आफना परीवारिक नातेदारमा व्यस्त हुने र कयौं आप्mनो मात्रीभूमि नेपाल फर्कने भएकोले द्वादशीको दिन टीका तथा आशिर्वाद ग्रहण कार्यक्रमको आयोजना गरिएको प्रवासी नेपाली संघ भारत केन्द्रिय समिति सचिवालय सदस्य अशोक थापाले बताए ।

कार्यक्रममा प्रवासी नेपाली संघ भारत केन्द्रिय सदस्यहरू बेदप्रकाश भन्डारी, कबी कार्की, होमनाथ दाहाल, ईसरी भण्डारी, रघु ज्ञवाली, राज्य सचिव बिमलराज पौडेल, सदस्यहरू जुद्ध जी.टी., तिल बहादुर थापा त्यस्तै अखिल भारत नेपाली एकता मंचको तर्फबाट केन्द्रिय सचिव आर.बि. खड़का, केन्द्रिय सदस्य ज्ञान बहादुर केसी, मानु श्रेष्ठ, अर्जुन दयाल लगायत दुबै संस्थाका नेता तथा कार्य कर्ताहरूको उपस्थिति थियो ।

कार्यक्रम प्रवासी नेपाली संघ भारत केन्द्रिय समिति सचिवालय सदस्य अशोक थापाको नेतृत्व प्रवासी नेपाली संघ भारत ओखला नगर समिति अध्यक्ष एन.बि. थापाको अध्यक्षता र अखिल भारत नेपाली एकता मंच ओखला नगर समिति सचिव शंकर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here