दिल्लीमा पहिलोपटक नेपाली महोत्सव मनाइने

0
517
बाबु रोका मगर,
नयाँ दिल्ली । नेपालमा महोत्सवको लहर चलिरहेकै बेला यसपटक भारतको राजधानी नयाँ दिल्लीमा महोत्सव मनाइने भएको छ । रोजगारीको शिलशिलामा छिमेकी देश भारतलाई कर्मथलो बनाएका नेपालीहरुले दिल्लीमा पहिलोपटक दुई दिने नेपाली महोत्सव मनाउने भएको हो । नयाँ वर्ष २०७५ को पावन अवसरमा सो महोत्सव मनाइने बताइएको छ । दिल्लीमा रहेका विभिन्न संघ संस्थाहरुको आयोजनामा सो महोत्सव मनाइने बताइएको छ ।
महोत्सव नेपाली देशभक्त आवाज, लुम्बिनी गौतमबुद्ध चेरिटेवल, श्री साँइ कृपा चेरिटेवल, प्रवासी प्रेरणा समिति र नेपाली साँस्कृतिक परिवार गुड्गावको संयुक्त आयोजना रहने छ ।
हरेक बर्ष प्राय अंग्रेजी बर्षलाई लक्षित गरि १५ अगस्त २६ जनवरीमा विशेष नेपाली साँस्कृतिक कार्यक्रम गरेर मनाउँदै आएको सबैलाई अबगत नै छ तर यसपटक भने प्रवासमा काम गर्दै बसेका नेपालीहरुलाई छुट्टै किसिमको अनुभुती दिलाउनको निमित्त फरक ढंगले कार्यक्रम गर्न आँटेको आयोजकहरुले बताएका छन् ।
भारतले नेपाली माथी दवाव गरिरहेकैबेलामा भारतकै राजधानी दिल्लीमा यस्तो कार्यक्रम गर्न खोज्नु चुनौतिको बिषय पनि हो । यति मात्रै नभई दिल्लीमा एकतत्र छरिएर रहेका संघ संगठनलाई एउटै मालामा गाँस्ने कोशिस रहेको आयोजक समितिका एक सदस्यले बताए ।
कार्यक्रममा नेपालबाट राजु परियार, देवि घर्ती, हास्य कलाकार उज्ज्वल गिरी लगायतका कलाकारहरु र प्रवासमा रहेका कलाकारहरुको प्रस्तुति रहनेछ । सोही दिन नेपाली सुपरहिट तथा आकर्षक कलाकार (नाम खुलाइएको छैन, एकजना) लाई पनि निम्त्याउने आयोजकले बताएको छ ।
महोत्सवमा बिशेष गरी चेलीबेटी बेचबिखन विरुद्ध जनचेतनामूलक कार्यक्रम, नेपाली खाना र सामानलाई महत्व दिइने छ साथै प्रतिभाको खोजी कार्यक्रम गित र नृत्यमा भाग लिन चाहाने अनि नेपाली सामानको स्टल लगाउन चाहने ब्याक्तिहरुले दिएको निम्न नम्बरहरुमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।
४ फेबु्रअरीका दिन दिल्ली स्थित नेहरु प्लेसको चौरमा विभिन्न संघ संस्थाका मुख्य–मुख्य पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको बताइएको छ । आयोजकको लागि २–३ ओटा रिक्त स्थान भएको हुदा इच्छुक संस्था आवद्ध हुनसक्ने आयोजकले बताएको छ । महोत्सव आयोजनाको लागि सबै संस्थाका पदाधिकारीहरुको एउटा कार्य समिति गठन गरेको छ । कार्य समितिमा निम्न पदाधिकारीहरु रहेका छन् ः अध्यक्ष– दिपक जिसी, उपाध्यक्ष क्रमशः बिष्णु केसी, हरि रोका मगर, सन्दिप भाट, नारायण विक, शोभाकर पन्थी, राजु कुँवर, कृष्ण पौडेल, हरि भट्टराई, ललित जिसी, महासचिव– बाबु रोका मगर रहेका छन् । त्यसतै सचिवमा क्रमशः अर्जुन थापा,  (सी ए) सुमन आत्रेय, विष्णु खड्का रहेका छन् । कोषाध्यक्षहरुमा क्रमशः राजु परियार, हमलाल भुसाल, सुरेन्द्र पाण्डे, (सी ए) सन्दिप कौशल रहेका छन् ।
त्यस्तै सुरक्षा तथा प्रसासनिक बिभागमा तुलाराम पौडेल र व्यवस्थापनमा कृष्ण पौडेल, कार्यकारी सदस्यहरुमाः दधिराम, श्री कृष्ण घिमिरे, माधव बेल्बासे, गुणानिधि गैरे, कृष्ण शर्मा, खिमबहादुर पुन, राजेश कोइराला, निरन्जन महोत्रा, काशिराम आचार्य, राम सिंह विक, राहुल अधिकारी, राज शर्मा, पार्वती थापा, वर्षा शाक्य, सानू मगर, अरुणा ढकाल, शान्ता परियार, अर्चना घिमिरे, मिना बस्नेत र सुमित्रा नेपाली रहेका छन् ।
सो नेपाली महोत्सव दक्षिणी दिल्ली स्थित एण्ड्रियुजगञ्जमा दुई दिन अप्रेल १४–१५ गते शनिवार र आईतवार मनाइने छ । शनिबार आयोजक परिवारको फर्मल कार्यक्रम र नेपाली देशभक्त आवाजको बार्षिकउत्सव साथमा प्रतिभाको खोजी कार्यक्रम गित र नृत्य को प्रतियोगिता राखिएको छ भने अर्को दिन आइतबार पूरा साँस्कृतिक कार्यक्रम राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here