दिन उल्टो गनिंदै छ

0
152
रेशम रोका मगर, कतार

रेशम रोका, दोहा कतार

हिंड्दा हिंड्दै थाकेछु क्यारे आजभोलि
लरखराउन थालेछन् अबोध पाइलाहरु
अनायासै मानसपटल घुमेको छ मेरो आज
सोंच्दा सोंच्दै समुन्द्रको गहिराईमा पुगेछु
नीति र नियम तिम्रा आफ्नै पेबा भए
अब देखाउँदै छौ तिम्रा दम्ब हुँदै नहुने
कहिलेसम्म ढाकछोप गर्छौ ए पाखन्डीहरु
भ्रष्टाचार र बलात्कारीहरुलाई
सुरक्षाको कुरा फलाकेर नथाक्ने नाथे सरकार
कञ्चनपुरमा किन गोली चलायौ ?
अब तिम्रो दिन गन्ती उल्टो भो
सक्छौ भने सुध्र, होइन भने दुई तिहाइको दम्ब नदेखाउ
यो पनि बुझ १०४ बर्ष जहानी शासन
पञ्चायती ब्यबस्था उखेलेर फालेको इतिहास
सक्छौं इमानदारी साथ काम गर होइन भने हात उठाउ
गल्ती लुकाउन गोलि होइन
जनता सामु इमानको भिख माग ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here