दाङमा राष्ट्रिय जनमोर्चाको घरदैलो अभियान

0
39

गणेश आचार्य, घोराही । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको घरदैलो जनभेट्घाट तथा सदस्यता अभियान तिब्रताका साथ अगाडी बढेको छ ।

जिल्ला भरी सात ओटा मुख्य र स्थानीय स्तरमा अरु साना टोलि समेत निर्माण गरि अभियान अगाडि बढेको छ । गणतन्त्र , धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ ! एक महिने संगठनात्मक अभियान सफल पारौ भन्ने नराका साथ अभियान अगाडी बढेको छ ।

जिल्लाको सदरमुकाम रहेको घोराही उपमहानगरपालिकामा जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा अगाडी बढेको छ । यसैगरी तुलसिपुर उपमहानगरपालिकामा जिल्ला सदस्य शुक्रराज भण्डारीको नेतृत्वमा , लमही नगरपालिकामा जिल्ला सचीव वसन्त राज पौडेलको नेतृत्वमा , गढबा गाउपालिकामा प्रदेश समितिका सचिबालय सदस्य रेशम बि सि को नेतृत्वमा , राजपुर गाउपालिकामा जिल्ला सद्स्य कपिलदेब खनालको नेतृत्वमा , दङिसरन , सान्तिनगर र बबई गाउपालिकामा जिल्ला सह सचिब ऋषि राम पौडेलको नेतृत्व र राप्ती गाउपालिकामा अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेम नारायण आचार्य को नेतृत्वमा अभियानहरु चलेका छ्न ।

बङगलाचुली गाउपालिकामा भने फागुन महिनाको अन्तिम तिर अभियान चल्ने छ । सबै टिमको अभियानमा जनताले उत्साहजनक रुपमा पार्टीको सदस्यता लिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here