दसैँको आज घरघरमा फूलपाती भित्र्याइँदै

0
133

काठमाडौं । दसैँको मुख्य दिन आजदेखि सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि सुरु हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालय बिदा हुन्छ । सरकारी कार्यालय बन्द भएसँगै घर फर्कनेहरुको घुईंचो बढेको छ ।

हरेकवर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here