“दलाल पूँजिपतिहरुलाई परास्त गरौं, राष्ट्रिय पूँजिपतिहरुलाई अगाडि ल्याऔं”

0
564

माधव भाट क्षेत्री

कपिलवस्तु, बैशाख १५ । “सामुहिक लगानी राष्ट्रिय उत्पादन अभिबृदिको अभियान हाम्रो प्रतिबद्धता, राष्ट्रिय पुँजिको बिकाश तथा आर्थिक समृद्ध आजको आवश्यकता” भन्ने मुल नाराका साथ सम्पन्न भएको अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कपिलवस्तुको प्रथम जिल्ला भेलाका प्रमुख अतिथिको आसनबाट बोल्दै केन्द्रीय अध्यक्ष ढुण्डिराज पौडेलले दलाल पुँजिपतिहरुलाई परास्त गर्दै राष्ट्रिय पुँजिपतिहरुलाई साथमा लिएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न तथा परिवर्तनको निम्ति राष्ट्रिय पुँजिपतिहरु नजिकको मित्र शक्ति भएको बताउनु भयो । राष्ट्रिय पुँजिपतिहरुको संरक्षण गर्दै ठूलो पैमानामा भारत तथा तेस्रो मुलुकबाट आयात भैरहेका सामाग्रीहरुलाई रोक्न अब उत्पादनमा जोड दिनु पर्नेमा पौडेलले जोड दिनु भयो । सरकारले राष्ट्रिय पुँजिपतिहरु संरक्षण गर्नुपर्ने कुरामा जोड दिनु पर्नेमा पनि पौडेलको धारणा थियो ।

कपिलवस्तुको जितपुरमा सम्पन्न भेलाले भबिलाल गौतमको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कपिलवस्तु गठन गरेको छ । जस्को उपाध्यक्षमा देवि पाण्डे, सचिवमा कृष्ण गैरे, सहसचिवमा सुरज भुसाल र कोषाध्यक्षमा तिलक गैरे रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः तेज प्रसाद घिमिरे, गोविन्द पौडेल, हुम बहादुर खत्री, अभिषेक आचार्य, बिमला श्रेष्ठ, हरि भुसाल र गणेश खनाल रहेका छन् । भेलाले माधव भाट क्षेत्रीलाई सल्लाहकार चयन गरेको छ ।

जालान्दर बन्जाडे, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष मन बहादुर नेपाली, ने.क.पा.(मसाल) जिल्ला प्रवक्ता छबिलाल गैरे, राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ का सदस्य हिमलाल वाग्ले, अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल लगायतले भेला सफलताको शुभकामना दिएका थिए ।

भेला भविलाल गौतमको अध्यक्षता, ब्याससायी हुम बहादुर खत्रीको स्वागत मन्तव्य र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय सदस्य माधव भाट क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here