दम्भ होइन, समृद्धिको यात्रामा सहकार्य गरौं : ओली

0
151

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् । उनले संसदमा विश्वासको मत माग्दै सो बाचा गरेका हुन् । नयाँ सरकारले मुलुकमा समृद्धि ल्याउन चाहेकोले त्यसमा सहयोग गर्न प्रतिपक्षीहरूलाई समेतल ओलीले आग्रह गरे ।

प्रधानमन्त्री केपी ओलीले आइतवार दिउसो विश्वासको मत लिनुअगाडि संसदलाई सम्बोधन गर्दै अगाडि भने “समृद्धिको यात्रा सत्तापक्षको मात्रै होइन, यो साझा यात्रा हो । सबैले यो भावना लिएर अगाडि बढ्नुपर्छ ।”

उनले आफू दमनकारी शासक नभएर, सेवक बन्न आएको बताए । परिवर्तन ल्याउन प्रधानमन्त्री बनेको उनले संसदमा व्यक्त गरे । सरकारले ‘सरकार हुँ’ भनेर दम्भ देखाउन नहुने र प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्न नहुनेमा प्रधानमन्त्रीले जोड दिए ।

आफूहरूले राष्ट्रियता सवल बनाउन चाहेको र सामाजिक सद्भावसहितको एकताको परिकल्पना गरेको ओलीको धारणा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here