दमन्ता खड्काले कुकुरलाई मासुभात खुवाएर ‘हेप्पी बर्थडे’ मनाइन्

0
844

भदौ १९, काठमाडौं । बढदो आधुनिकता संगै जन्मदिनलाई तडकभडक एवं खर्चिलो गरि मनाउने क्रम नेपालमा समेत बढ्दो छ । जन्म दिन एक बिशेश र प्रिय दिन हो, सबैको एक न एक पटक जन्म दिन आउँछ र अचेल धेरै जसो मान्छेहरु आफ्नो जन्म दिन मनाउनु पर्छ है भन्ने परम्परा बढ्दो छ । जन्म दिन मनाउने सन्दर्भ समाजसेवी दमन्ता खड्काले भने बिल्कुलै नयाँ शैली अपनाएर आफ्नो जन्म दिन हिजो अर्थात भदौ १९ काठमाण्डौमा मनाईन ।

आजकाल जन्मदिन मनाउन मान्छेहरुले बेग्लै बेग्लै तरिका अपनाउने गरेका छन् । कोहि बृद्धआश्रम गएर वृद्धहरुलाई खाना खुवाएर त कोहि आश्रम वा बाल गृहको नाममा सहयोग गरेर । कोहि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गरेर त कोहि रक्त दान गरेर । कोहि भने महागा क्याफे तथा रेस्टुरेन्टमा ब्रान्डेट रक्सीको साथ भब्य पार्टी गरेर वा केक काटी मुखमा दला दल गरेर जन्म दिन मनाएको त हामीले देखेका र सुनी आएकै कुरा हो ।

जन्म दिनको अवसरमा अन्य कुनै सामाजिक काम गर्नु पनि पछिल्लो समय “ट्रेण्ड” जस्तै बनेको छ । तर दमन्ता खड्का पशुहरुको साथ जन्मदिन मनाउन बाल्टीमा मासु भात बोकेर सडकका पेटि र गल्ली गल्ली घुमेर भुसिया कुकुरलाई मासु भात खुवाएर जन्म दिन मनाए । यसरी जन्मदिन मनाएर खड्काले समाजमा फरक सन्देश दिन खोजेकी छ्न् । उनी बास्तबमा कुकुर प्रेमी हुन् वा चर्चाको लागि सो काम गरिन् त्यो भने आगामी दिनले छर्लङग बनाउने छ । एशियन फोरमको केन्द्रीय सदस्य समेत रहेकि दमन्ताले मंगलबार आफ्नो ४४ औं जन्मदिन सडकमा हिड्ने १०० भन्दा बढी भुसिया र फिरन्ते कुकुरहरुलाई मासु र भात खुवाएर मनाइन् ।

‘आफ्नो सन्तान भन्दा बढी कुकुरलाई मान्ने उनी सम्पुर्ण पशुहरुको बाच्न पाउने अधिकार छ । तिहारको बेला कुकुरलाई कुकुर तिहार नामले पुजा गरे जसरी नै मैले आफ्नो जन्मदिन कुकुर सड्कमा रमाएर मनाउन मन लाग्यो ।’ वैदेशिक रोजगार प्रबन्ध बोडको सुचना परामर्सकर्ता समेत रहेकी खड्काले अनुहारमा खुसिको रंग छर्दै अफ्ना भावना यसरी पोखिन– ‘एक दिन भए पनि भए पनि कुकुरहरुको दिन खुसिमा बितोस्, कुकुर पनि मान्छे जस्तै: विबेक भएको प्रणी हो, कुकुर त मान्छे संगै बस्ने घरको चौकिदार हो, संरक्षक हो उ हाम्रो असल साथी हो त्यसैले मलाई कुकुरको अत्यन्त माया लाग्छ त्यसैले घरमा आफ्नो कान्छो सन्तान कै रुपमा कुकुर राखेर पालेकी छु ।’

उक्त जन्मदिन मनाउन कल्पना फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु समेत पुगेकी थिइन् । पशु सेवा अभियानमा लागेकी दमन्ता खड्कासँगै जिज्ञासुले कुकुरसँग जन्मदिन मनाउनुको सार्थकता बारे प्रश्न गरेकी थिइन् । ‘पशुहरुलाई संरक्षक र माया गर्नु पर्दछ भन्ने मान्नेता स्वरुप आफ्नो कमाईको केही हिस्सा पशु संरक्षणको निम्ति छुट्याइएकि’ खड्काले भनिन् । साथै खड्काले उक्त अभियानलाई अझै बढी प्रभाकारी बनाउन कल्पना फाउन्डेसनसँग समेत साझेदारी गरेर अगाडि बढ्न आग्रह गरेको कल्पना पौडेलले बताइन् । उनी ड्गलभर मात्र नभएर मोरङ पथरी मैत्री समाज काठमाडौंको सदस्य समेत हुन् ।

जन्मदिन मनाउने अवसरमा पशु संरक्षण अभियानकी बिना पन्त, बरिष्ठ कलाकार गणेश मुनाल, मानव सेवा अभियानका तारा उदासी समेतको विशेष उपस्तिथिमा काठमाडौका गल्लि गल्लीमा हिडेर कुकुरहरुलाई खाना खुवाउँदै हिडेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here