दक्षिण कोरियाली सर्वहारा वर्गको असीम पीडा र आत्महत्या

0
194

– अपत्य शर्मा

सम्पूर्ण सभ्यताका निर्माणकर्ताको रूपमा राजा–महाराजाहरुतिर औल्याइन्छ । वास्तविक समृद्धि र सभ्यताका सिर्जनकर्ता गरिब, भोका, नाङ्गा दास, किसान तथा सर्वहारा वर्गलाई औल्याइादैन, जबकि इजिप्टको पिरामिड, चीनको ग्रेटवाल तथा भारतको ताजमहल आदिका निर्माता हजारौा, लाखौा दास, भूदास तथा सर्वहारा वर्गका रगत, आासु तथा पसिनातिर कसैले पनि उल्लेख गरेको पाइादैन । सर्वहारा वर्गको नेतृत्वमा भएका क्रान्तिमा अग्रपङ्क्तिमा सङ्घर्ष गरेर सहिद हुने सर्वहारा (मजदुर) को सालिक पनि सायदै विश्वको कुनै कुनामा होला । केही वर्ष पहिले एसियाको बााधको रूपमा चित्रित हुने विकासमा फड्को मारेका कोरियाली युद्धको पीडा भोगेका कोरियाली सर्वहारा वर्गका रगत पसिनालाई पनि कुनै महत्त्व दिइादैन । सर्वहारा वर्ग कुनै पनि सशस्त्र क्रान्ति वा अन्य सङ्घर्षहरुमा सामेल भएर सशक्त रूपले अग्रिम पङ्क्तिमा भाग लिन्छ र बलिदान हुन्छ । बुर्जुवा राजनैतिक पार्टीहरुले सर्वहारा वर्गलाई आफ्नो स्वार्थपूर्ति भएपछि सर्वहारा वर्गमाथि नै तानाशाही थोपर्दै शोषण, उत्पीडन र दमन गर्दै आएका छन् । विश्वको कुनै पनि कुनामा सर्वहारा वर्गको सर्वहारावादी शासनसत्ता छैन । सर्वहारावादी सत्ता आउला, क्रान्ति गर्ला भन्ने डरले प्रतिक्रियावादी पुाजीवादी शासकहरुले मजदुर युनियनका नेतालाई भ्रष्टीकरण गर्दै मजदुर वर्गलाई पनि पुाजीवादीकरण गर्दै आफ्नो सत्तालाई जोगाउादै आएका छन् । अमेरिका लगायत केही विकसित पुाजीवादी मुलुकहरुमा मजदुर युनियन नै खोल्न नदिने, खोलेमा त्यसका नेता तथा सदस्यहरुलाई कामबाटै निकाल्ने गर्छन् । दक्षिण कोरियाका सर्वहारा वर्गको स्थितिबारे केही चर्चा गरौ ।

दक्षिण कोरियामा नेपाल लगायत अन्य एसियाली मुलुकका नागरिकहरु पनि रोजीरोटीकालाई दक्षिण कोरिया जाने गरेका छन् । नेपाली कोरियामा काम गर्न जानेदेखि कोरियन नागरिकसँग नक्कली विवाह गरे कोरिया जाने पनि छन् । कोरियनसँग नक्कली या सक्कली दुवै किसिमका विवाह गरेर दक्षिण कोरिया जाने नेपाली महिलाहरु ती कोरियन लोग्ने बनाउनुको पीडा अलग छ । दक्षिण कोरियामा काम गर्न जाने नेपालीहरु पनि अत्यधिक कामको बोझ र विशेष तनावले गर्दा आत्महत्या गर्नेहरु बढिरहेका समाचार सार्वजनिक भएका छन् । कोरियन पुाजीपतिहरुले कोरियन मजदुरलाई दिनु पर्ने ज्यालाभन्दा एसियाली मजदुरलाई दिने ज्याला सस्तो र कोरियन मजदुरहरुको अभाव पूर्ति गर्न गैर कोरियन मजदुरलाई काममा लगाउादै छन् । कोरियामा काम गर्न जाने नेपालीका अनुसार कोरियाली काम लगाउनेका मुखमा एउटै शब्द दोहोरिन्छ– “छिटो छिटो” काम गर्न विशेष दबाब दिनु । कोरियाली युद्धमा तहसनहस पारिएका सबै उद्योगधन्दा बन्द व्यापार र भौतिक संरचनालाई पुन: निर्माण गर्नु ठुलो चुनौतीका बाबजुद कोरियाली जनता तथा सर्वहारा वर्गले ठुलो परिमाणमा अत्यधिक श्रम गरेर थाकेकाले पुन: दैनिक २० घण्टा काम गर्ने इच्छा राख्दैनन् । कोरियालीहरु नागरिक सेवाको जााच दिन चिन्ता हटाउन धेरैजसो लागु पदार्थ सेवन गर्छन् । ली हान सहायक टेलिभिजन प्रसारकले एक हप्तामा नरोकिइकन दैनिक २० घण्टा काम गर्नु पर्ने दबाबले गर्दा अल्कोहल पिउने गर्थे । यही तनावले गर्दा प्रोजेक्ट पुरा गरेपछि आत्महत्या गरे । उनले आत्महत्या गर्दा एउटा नोट पनि लेखेर छोडेका थिए, जसमा कोरियाली कार्य संस्कृतिको घोर आलोचना गरिएको थियो र त्यसमा भनिएको थियो कि कोरियाली कार्य संस्कृतिले उनको शोषण गर्‍यो र उनले आफ्ना कार्य दललाई पनि शोषण गर्नु पर्ने आवश्यकता पर्‍यो । लीले अगाडि लेख्छन्– “म पनि एक जना मजदुर वाहेक केही पनि होइन ।” म केही पनि होइन, वाहेक एउटा म्यानेजर, जसले मजदुरहरुलाई दबाब दियो ।

लीको सन्देशले दक्षिण कोरियाका सम्पूर्ण भागलाई उद्वेलित गरायो । कामको अत्यधिक दबाब र चाापले विश्वको विकसित पुाजीवादी मुलुक जापानमा बढ्दो आत्महत्याले विश्वलाई एकपल्ट हल्लाएको थियो । श्रम कार्यालयको तथ्याङ्क अनुसार दक्षिण कोरियाली सर्वहारा वर्गले धेरै घण्टा कडा काम गर्छन् भनेर देखाएको छछ । सााचो अर्थमा अमेरिकीहरुले काम गर्नेभन्दा २४० श्रम समय बढी कोरियाली सर्वहारा वर्गले काम गर्छन् अथवा अर्को शब्दमा भन्दा आठ घण्टाका हिसाबले एक महिना बढी काम गर्छन् । दक्षिण कोरियाली पुलिसका अनुसार अत्यधिक श्रम समय (कामको घण्टा) खर्च गर्नु परेकाले वार्षिक ५०० भन्दा बढी कोरियाली सर्वहाराले आत्महत्या गर्छन्, जुन कुल वार्षिक १४,००० करिब कोरियालीले आत्महत्या गर्छन् ।

कोरियाली मजदुर वर्ग ओभर टाइम काम गरेर बढी पैसा लिनुभन्दा बेलैमा घर फर्कन चाहन्छन् । मजदुरका लागि ओभरटाइम काम गर्नु ठुलो पीडादायी हुन्छ । किनभने धातुले बनेका मेसिन समेत अत्यधिक सञ्चालनले गर्दा छिट्टै खिइन्छ र पार्टपुर्जाहरु फेर्नु पर्छ भने हाड, रगत र मासुले बनेको स्वनिर्मित मानव र त्यसबाट उत्सर्जित श्रमशक्ति पनि आठ घण्टाको श्रम गर्दा खर्च भइसकेको हुन्छ । मेसिन (धातु) बाट बनेका मेसिनका पार्टपुर्जा फेर्न सकिन्छ तर मजदुरको खिइएका अङ्ग–प्रत्यङ्गलाई प्रतिस्थापन गर्न सकिंदैन । जस्तै– आाखाको देख्ने क्षमता वा सुन्ने क्षमतामा आउने ह्रासलाई प्रतिस्थापन गर्न सकिदैन । मानव शरीरबाट निस्कने श्रमशक्ति ज्यादै अचम्मलाग्दो माल हो, जुन कुनै पनि स्थानमा बिक्री गर्न सकिन्छ । श्रमशक्तिरूपी माललाई पुाजीपति सकेसम्म सस्तोमा किन्न खोज्छ र कामको घण्टा जतिसकेको लामो गर्न खोज्छ भने मजदुरले जति सकेको कामको घण्टा थोरै होस् भन्ने चाहन्छ । तर आजभोलि विज्ञान, प्रविधिको विकासले गर्दा स्वचालित यान्त्रिकीकरणले गर्दा उत्पादनमा वृद्धि र थोरै मानव श्रमको आपूर्ति नै पर्याप्त हुन्छ । उत्पादनमा लाग्ने मजदुरहरुले लामो समय काम गर्नुको सट्टा श्रम समय कामको घण्टा आठ घण्टाबाट चार घण्टामा नै पहिलेको भन्दा बढी उत्पादन हुन्छ र मजदुरले पाउने ज्यालामा आधा वा अरू बढी कटौती पुाजीपतिले गर्छ । यसरी मजदुरको आयमा कटौती पुाजीपतिको आयमा वृद्धि नै वर्तमान स्वचालित मेसिनको वरदार र अभिशाप !

दक्षिण कोरियाको पितृसत्तात्मक समाजमा लामो समयसम्म काम गर्नु गौरवको विषय हुन्थ्यो । तर अहिले केही मजदुरहरुको वर्तमान कष्टप्रद: अवस्थाप्रति ध्यान तानिएको छ । दक्षिण कोरियाली वर्तमानमा १९७० को जस्तो आत्मदाह गर्न प्रेरित गर्दैछन् । टेलिभिजन सारक लीले काम गर्ने ठाउामै आत्महत्या गरे । अन्य कैयौा काम गर्ने थलोमै मर्छन् । यसकारण यस्ता दु:खदायी घटनाहरुले गर्दा सचेत कोरियालीहरु यो दक्षिण कोरियाली संस्कृतिको रूपमा रहेको संस्कृतिलाई नै उन्मूलन गर्ने प्रयासमा छन् । तर पनि काम गर्ने ठाउामै अत्यधिक कामको बोझले काम गर्दागर्दै मर्नेहरुको शृङ्खला रोकिएको छैन ।

दक्षिण कोरियामा १० प्रतिशत बेरोजगारी छ । अर्कातिर, विदेशी मजदुरहरुलाई निम्त्याइन्छ । पुाजीवादी अर्थशास्त्रीका अनुसार नै कामको घण्टा लामो गर्दा श्रमको उत्पादकतामै ह्रास आउाछ । मजदुरहरुको स्वास्थ्यमा पर्ने गम्भीर असर अलग छ । पुाजीपति वर्गका लागि नाफा प्रधान हो । मजदुरका स्वास्थ्य गौण हो । गत वर्ष मुन जाय इन राष्ट्रपति छानिए पनि मजदुरका अवस्थामा विशेष अन्तर आउन सकेको छैन । श्रम विशेषज्ञका अनुसार म्याद गुज्रेका नराम्रो कार्यस्थल तथा सरकारले म्यानेजरलाई मजदुरलाई काम लगाउन लचिलो हुन दिएकाले सङ्गठनलाई सम्पूर्णमा भन्दा कुनै फाइदा नदिने अवस्था आएको बताएाछन् । राष्ट्रपति मुनले पााच लाख रोजगारी सिर्जना गर्ने बताएका छन् । ५२ घण्टाको साप्ताहिक श्रम समय बनाउनु पर्ने बताए । पााचदिने साप्ताहिक काम गर्ने नियम ल्याइए पनि व्यवहारमा लागु गरिदैन । यो पााच दिने साप्ताहिक कामको घोषणा २००४ मा लागु गरे तापनि धेरै दक्षिण कोरियाली मजदुरहरुले शनिबार पनि फुर्सद पाउादैनन् ।

धेरै कम्पनीहरुले नयाा नियम पालना गरेका छैनन् र थोरैले मात्र पालना गरेका छन् । दक्षिण कोरियामा सात सयभन्दा बढी दक्षिण कोरियाका ३,६७२ ठुला कम्पनी र सार्वजनिक क्षेत्रका सङ्गठनहरुले नयाा मजदुरहरुलाई दैनिक ज्यालामा काम लगाएका छन् अथवा ज्यालादारीमा लगाउने योजनामा छन् भनेर श्रम मन्त्रालयले बताएको छ । तर ती नयाा ज्यालादारीमा काम गर्ने मजदुरलाई पुरा समय काममा लगाइन्छ या लगाइदैन त्यो प्रष्ट पारेनन् ।

विश्वव्यापी रूपमा चाहे विकासोन्मुख पुाजीवादी मुलुक हुन या विकसित पुाजीवादी मुलुक, सबै मुलुकमा काम गर्ने सर्वहारा वर्गको वर्गीय स्थिति उस्तै कष्टपूर्ण छ । विश्वका सम्पूर्ण सर्वहारा वर्ग शोषित, पीडित र दमित छन् । उनीहरुले पुाजीवादी दासता र अपमानको तितो घुट्को पिइरहेछन् । माथि दक्षिण कोरियाली मजदुरहरुका वर्तमान कष्टपूर्ण जीवनबारे चर्चा गरियो । जुनसुकै वर्ण, लिङ्ग क्षेत्रका मजदुरहरुका पीडा एकै प्रकारका भएकाले सबै देशका मजदुरहरु एक भएर पुाजीवादी दासता र शोषणका विरुद्ध गरिने सङ्घर्षमा ऐक्यबद्धता जाहेर गर्नुका साथै साम्राज्यवादी तथा विस्तारवादी सत्ताका विरुद्ध पनि एक भएर सङ्घर्ष गर्नु एक मात्र विकल्प हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here