त्रिविको स्ववियु निर्वाचन समन्धि निर्देशनको अखिल (छैठौं) द्धारा स्वागत

0
232

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले सबै आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पुर्व तयारी गर्न निर्देश दिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार उपत्यका भित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिईयको हो ।

२०७३ फागुनमा भएको स्ववियु निर्वाचनबाट निवार्चित सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा २०७५ फागुनमा हुने स्ववियु निर्वाचनको पुर्व तयारी गर्न गराउनु हुन भनी परिपत्रमा उल्लेख गरिएको छ ।

त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन प्रत्येक २÷२ वर्षमा हुने व्यवस्था छ । तर २०६५पछि विभिन्न विद्यार्थी संगठन तथा विश्व विद्यालय पदाधिकारीको आ–आफ्नै स्वार्थका कारण २०७३ सालसम्म निर्वाचन हुन सकेन ।

अवैधानिक स्ववियु गुण्डागर्दी र भ्रष्टाचारको दलदलमा फस्यो, यस्तो अवस्थामा स्ववियुको गरिमालाई बचाउन अखिल (छैठौं) ले तत्काल स्ववियुको निर्वाचन गराउन र अवैधानिक स्ववियुलाई कामकार्वाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । त्यसमाथि सुनुवाई गर्दै सम्मानित सर्वोच्च अदालतले ६ महिनाभित्र स्ववियु निर्वाचन गर्न त्रिविलाई निर्देशन दिनुका साथै अवैधानिक स्ववियुलाई स्ववियुकै हैसियतमा काम नगराउन समेत आदेश दिएको थियो । यसैको परिणाम स्वरुप करिव ८ वर्षपछि विद्यार्थीहरूले आफ्न प्रतिनिधि निवार्चित गर्ने अवसर पाएका थिय ।

२ वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेरहद २८ वर्ष कायम गरि स्ववियु निर्वाचन गराएको थियोे । जसका कारण उपत्यकाका ठुला क्याम्पसहरुमा निर्वाचन हुनसकेको थियन तर यसपटक सबै क्याम्पसहरुमा निर्वाचन गर्नुपर्ने अखिल (छैठौं)ले माग गरेको छ ।

अखिल (छैठौं) केन्द्रीय समितिका कोषाध्यक्ष हस्तराज रेग्मीले स्ववियु निर्वाचन समयमै सम्पन्न गर्न त्रिविले गरेको निर्देशन स्वागतयोग्य भएको बताउनु भएको छ । रेग्मी अनुसार अखिल (छैठौं) ले स्ववियु निर्वाचनको तयारी थालिसकेको छ । साथै अन्य विद्यार्थी संगठनहरुको आन्तरिक समस्याका कारण निर्वाचन प्रभावित हुन सक्नेतिर समेत सचेत रहन विद्यार्थी संगठन तथा सरोकारवाला सबैलाई रेग्मीले अनुरोध गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here