तिलाठीलाई तिलाठी नै रहन देउः मसाल

0
214

काठमाडौं, २७ माघ । नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले सप्तरी जिल्लाको तिलाठीको नाम परिवर्तन गर्न खोजिएकोमा विरोध जनाएको छ । पार्टीका प्रवक्ता रामप्रकाश पुरीले एक विज्ञप्तीमार्फत मसालको सो धारणा जारी गरेका छन् ।

तिलाठीमा नाम परिवर्तन गर्न खोजिएको विरुद्धमा त्यहाँका जनताको साथमा देवनारायण यादवले चलाएको संघर्षप्रति सोही विज्ञप्ती मार्फत ऐक्यवद्धता समेत प्रकट गरिएको छ । तिलाठीका जनता र देवनारायण यादवले चलाएको सो संघर्षलाई राष्ट्रियताको रक्षा भएको र ऐतिहाँसिक रुपले महत्वपूर्ण रहेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै बुटवलको फुलबारीमा भारतीय पेन्शन क्याम्प राखिएकोमा मसालले विरोध गर्नुका साथै त्यहाँका जनताले चलाएको संघर्षप्रति ऐक्यवद्धता प्रकट गरेको छ ।

“सप्तरी जिल्लाको तिलाठीमा नाम परिवर्तन गर्न खोजिएको विरुद्धमा त्यहाँका जनताको साथमा देवनारायण यादवले चलाएको सङ्घर्षप्रति हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ । विगतमा तिलाठीका जनताले सीमा सुरक्षाको आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए । राष्ट्रियताको रक्षाका निम्ति भएको उक्त सङ्घर्ष ऐतिहासिक रूपले पनि महत्वपूर्ण रहेको छ र त्यसरी तिलाठीले ऐतिहासिक महत्व बोकेको छ । त्यसकारण त्यस प्रकारले ऐतिहासिक रूपले महत्व बोक्ने तिलाठीको नाम परिवर्तन गर्ने प्रयासका विरुद्ध भएको उक्त सङ्घर्षलाई हाम्रो पार्टीले दृढ समर्थन गर्दै उक्त सङ्घर्षमा ऐक्यवद्धता प्रकट गर्दछ ।

पेन्सन क्याम्प स्थापना गरी सेवा उपलब्ध गराउने कुरा अनुचित होइन । तर उजीरसिंह किल्ला रहेको वुटवलको फूलवारी एक ऐतिहासिक स्थान हो । उक्त स्थानमा भारतीय पेन्सन क्याम्प राखिएकोमा हाम्रो पार्टीले त्यसको विरोध गर्दछ र त्यहाँका जनताले त्यसका विरुद्ध गरेको सङ्घर्षलाई समर्थन गर्दै उक्त सङ्घर्षमा ऐक्यवद्धता प्रकट गर्दछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here