तिमीलाई अथाह प्रेम गर्छु

0
245

प्रेम दुख हो ..
प्रेम पीडा हो …
चिच्याउनु मन लाग्छ
मलाई कराउन मन लाग्छ
प्रेम फगत एउटा कथा हो

चन्द्रमा मा दाग देखि रहेछु
म मान्न तयार छैन
चन्द्रमा अँधेरिएको छ
पुर्ण चन्द्रको प्रेम हृदयमा सजाएको छु
हो म तिमिलाई प्रेम गर्छु
अथाह प्रेम…
आफुलाई बिर्सिएर प्रेम गर्छु
म चाहन्छु तिम्रो मजेत्रो भित्र लुक्न
आँसु का मोतिहरु तिम्रो हत्केलामा राख्न
तिम्रो ममता मा आफुलाइ हराउन

आज तिमी लाई देखेँ
तिमी केहि भन्दै थियौ बुझ्न सकिन
उफ$$$$$$
सपना रहेछ….
आमा तिमिलाई बिदा गरेको 15 बर्ष बितिसकेछ
आज छुन मन लागि रहेछ
सुम्सुम्याउन मन लागि रहेछ
तिमिलाई बिदा गर्दा
चिता माथीको तिम्रो उज्यालो प्रतिबिम्ब
नयन मा डुबुल्की मारी रहेछ

महसुस गरिरहेछु
तिमी म सङ्गै यतै कतै छ्यौ
पवनमा ..
चराहरु को धुनमा ..
बिहानिको किरणमा..
हो तिमी यतै कतै छ्यौ
मेरो आसपासमा ..

एक निमेष तिमिलाई सम्झिरहेछु
चिता बाट उडेको धुवाँ सङ्गै
म बादल बनुँ
झरी बनेर तिमी सामु झरुँ
अनि…
तिमिलाई अन्तिम चुम्बन गर्न सकुँ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here