तारेभीरमा कविता वाचन

0
369

राजधानीको गोकर्णेश्वर नगरपालिकास्थित तारेभीरमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रगतिशील लेखक सङ्घको काठमाडौँ जिल्ला शाखा समेतको आयोजनामा “तारेभीरमा कविता” ब्यानरमुनि सम्पन्न भएको हो । अनुभव साहित्य समाज र घुम्ती कवि गोष्ठी समेत आयोजक रहेको उक्त कार्यक्रम २०७४ पौष २७ गतेका दिन सम्पन्न भएको थियो ।

काठमाडौँ–३ बाट प्रतिनिधि सभा सदस्य रामेश्वर फुयाालको प्रमुख आतिथ्यतामा अगाडि बढेको उक्त कार्यक्रममा प्रलेस काठमाडौँका अध्यक्ष बालमुकुन्द कार्कीले पहिलो रचना तथा मन्तव्य राख्नु भएको थियो । ३७ जना कविहरुले कविता, गजल र गीत वाचन गरिएको सो कार्यक्रममा मसाल घटकबाट निश्चल क्षेत्रीले गजल र निष्णु थिङले तामाङ भाषा र नेपाली भाषाका कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा कविहरु रामचन्द्र दाहाल, गोविन्द वेदमणि, रसुवाली कवि, शान्ति रिसाल, प्रकाश गुरागाई, मुक्तान थेवा, राजेश कुमार विष्ट, केवल विनाबी, सूर्य चापागाई, सुशीला खड्का, नारायण निरासी, भीम क्षेत्री, पागल यात्री, खगेन्द्र बराल, माधव घिमिरे, सुनिता तामाङ, शारदा पराजुली, सुमन पुडासैनी, घनश्याम प्रसाई, वशन्त रिमाल, विमल अर्याल, रुपक अलङ्कार, ठाकुर गौतम, कणाद महर्षि, जय मङ्गल सापकोटा, निराजन तिमिल्सिना, सबिन गौतम, भवदेव थापा, मूलतिउन, पुण्यराम पुडासैनी र लक्ष्मण कुमार लामाले आफ्ना रचना वाचन गर्नु भएको थियो । सो अवसरमा सांसद फुयााल र कार्यक्रम सञ्चालन पर्शुराम पारासरले पनि कविता वाचन गर्नु भएको थियो ।

प्रत्येक वर्ष माघ १ र २ गतेदेखि आयोजन हुने “तारेभीर महोत्सव” को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता हर्क बहादुर तामाङले र सञ्चालन पर्शुराम पारासरले गर्नु भएको थियो । स्थानीय जन प्रतिनिधिहरु राजेन्द्र मण्डारी र लक्ष्मण लामा समेतको आतिथ्यता रहेको उक्त कार्यक्रममा उपस्थित जन समुदायलाई कृष्ण शरण विष्टले स्वागत गर्नु भएको थियो ।
प्रकाश थापा मगर (काठमाडौं)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here