तराई–मधेश जनवादी मोर्चाको तेस्रो राष्ट्रिय भेला सम्पन्न

0
374

तराई–मधेश जनवादी मोर्चाको तेस्रो राष्ट्रिय भेला २०७५ भाद्र १६ गते बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो । भेला मोर्चाका अध्यक्ष बद्रे आलमको अध्यक्षता तथा दिपक चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो । सहिदहरुको सम्मानमा एक मिनेट मौन धारणपछि भेलाको उद्घाटन प्रमुख अतिथि पौडेलले मैनबत्ती बालेर गर्नु भएको थियो ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले तराईलाई भारतमा गाभ्नकै लागि नेपालमा जबरजस्ती सङ्घीयता लादिएको बताउनु भयो । “नेपालमा सङ्घीय प्रणाली लाद्नु पछाडिका नियतहरु अब छरपस्ट हुादै गएका छन्” उहाँले भन्नु भयो– “एक मधेश एक प्रदेशको नाममा पहिले तराईलाई एउटै प्रदेश बनाउने र कालान्तरमा त्यो प्रदेशलाई भारतीय सङ्घमा गाभ्ने बदनियतका साथ नै भारतीय विस्तारवादले नेपालमा सङ्घीयता लादेको अब प्रष्ट भइसकेको छ ।” उहाँले अगाडि भन्नु भयो– “तैपनि यो खुशीको कुरा हो कि नेपाली जनताको सशक्त आन्दोलनका कारण सम्पूर्ण तराई एउटै प्रदेश हुन सकेन, तर अहिले दुई नम्बर प्रदेशमा जे देखिएको छ त्यसबाट प्रष्ट हुन्छ– नेपालको तराईलाई भारतमा गाभ्ने मनसायका साथ नै एक मधेश एक प्रदेशको नारा अघि सारिएको थियो ।” उद्घाटन भाषणमा भेलाको सफलताको शुभकामना प्रकट गर्दै पौडेलले तराई–मधेशमा रहेका उत्पीडित जनताको हक हितको पक्षमा पार्टीले सदैव आवाज उठाउँदै आएको कुरा राख्दै मधेशवादी पार्टीका क्रियाकलापले तराई–मधेश र त्यहाँका जनता थप समस्यामा परेको बताउनु भयो ।

सङ्घीयता देश र जनताको हितमा नभएको उल्लेख गर्दै उहाँले सङ्घीयता मधेशी जनताको माग नभएको र व्यवहारले पनि यो स्पष्ट गर्दै लगेकाले यसलाई खारेज गर्न सबै लाग्नु पर्ने कुरामा जोड दिनु भयो । सम्बोधनका क्रममा उहाँले अहिले भइरहेको चर्को मूल्यवृद्धिको मूल कारण सङ्घीयता नै भएको दावी गर्नु भयो ।

भेलालाई शुभकामना दिने अन्य वक्ताहरुमा वामपन्थी नेता शुरेश थापा, ५ नं. प्रदेश सांसद तारा जिसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सल्लाकार दुर्गानाथ खरेल, जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक, राजमोका केन्द्रीय सदस्य सोम कार्की, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुण्डिराज पौडैल, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मा, अखिल नेपाल ट्ेरड युनियनका महासङ्घ (अन्टुक) का केन्द्रीय सल्लाहाकार नारायण पुन, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य रुक बहादुर पराजुली, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य हरि नारायण योगी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव लक्ष्मी न्यौपाने र अखिल नेपाल जनजाति सम्मेलनका हरि राहाडी हुनहुन्थ्यो ।

उद्घाटनपछि सुरु भएको बन्दसत्रले बद्रे आलमको अध्यक्षता ११ पूर्ण, ती वैकल्पिक र चार सल्लाहकार सर्वसम्मत चयन गरेको छ । समितिमा उपाध्यक्षद्वय हनुमान चौधरी (दाङ) र दिपक चौधरी (बारा), महासचिव राजाराम चौधरी (कञ्चनपुर), कोषाध्यक्ष बुधर अली (दाङ) र सचिव हरिकिशोर महतो (रौतहट) रहनु भएको छ । त्यस्तै, सदस्यहरुमा रामबाबु साह (बारा), तपशी चौधरी (पर्सा), रूप नारायण महतो (नवलपरासी पश्चिम), लक्ष्मी चौधरी (कञ्चनपुर) र कविता चौधरी (रूपन्देही) रहनु भएको छ । समितिको वैकल्पिक सदस्यहरुमा कुशेश्वर साह (सिराहा), रामसागर चमार (बााके) र ज्ञान बहादुर चौधरी (कपिलवस्तु) रहनु भएको छ । त्यसैगरी सल्लाहकारमा इन्दल केवट (रूपन्देही), मोमिना खातुन (बााके), विकाराम चौधरी (नवलपरासी पश्चिम) र वलराम राना थारू (कैलाली) रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here