तपाई कै फेसबुक वालबाट

0
413

रोशन राई ‘अनुराग’ 

‘ल ठिक छ, “अरुले पैसा बााडे, भोज–भतेर गरेर चुनाव जिते । हामीले त्यस्तो गरेनौं, त्यहिं भएर चुनाव पनि जितेनौं ।” तर यो कुरा सत्य भएपनि हामीलाई आफ्नो कमजोरी लुकाउँने ठुलो बाहाना मिलेको छ । यहाँ प्रश्न उठ्छ र उठाउँन जरुरी छ, पैसा बाँड्ने हाम्रो सामथ्र्य छैन, भोज–भतेर गर्ने हाम्रो नीति छैन, तर अन्य पार्टीहरुको गलत क्रियाकलाप र हामीले आफ्नो योजना र विचारलाई जनतामा किन प्रवाहित गर्न सकेनौं ? यसको उत्तर खोज्न टाढा जानुपर्दैन, रेडिमेट छ र दिन्छौं : “हाम्रो संगठानात्मक जनाधार कमजोर छ ।” पुन: प्रश्न उठ्छ, एउटा लामो इतिहास बोकेको पार्टीले आफ्नै मजबुत संगठन र जनाधार चाहिं किन निर्माण गर्न सकेन ? कि, ती पैसाको बलमा चुनाव जित्नेहरुले आएर संगठन बनाई दिन्छ ? यसमा पनि चित्त बुझाउँने प्रयास गरिन्छ: “केहि सचेत र पार्टीका आस्थावान नेता र कार्यकर्ताहरु प्राय: जसो सबै विदेश छन् ।” यसमा पनि स्वाभाविक प्रश्न उठ्छ, के सबै नेपाली जनता विदेशमा मात्र बस्छन् ? अब भाग्ने ठाउँ कतै छैन, हामी प्रश्नै–प्रश्नले घेरिएका छौं । हाम्रो इतिहास र विरासतले, हामीले भविष्यमा तय गर्ने लक्ष्य र बाटोप्रति चिन्ता व्यक्त गर्दै, हामी माथि खबरदारी र प्रश्न गरिरहेको छ । हाम्रो समर्थक र शुभचिन्तकहरुले पार्टी कतै संसदीय भासमा फस्ने त हैन ? भनेर विभिन्न शंका उपशंका र प्रश्नहरु गरिरहेका छन् । निश्चित रुपमा यी र यस्ता प्रश्नहरु, कतै अराजक शैलीमा गरिएको होला, कतै सालिन र सौम्य, त कतै बौद्धिक तवरबाट पनि गरिएको होला । तर सबैको उदेश्य पार्टीको क्रान्तिकारी धारलाई अरु मजबुत र उच्च पार्दै, वर्तमान परिवेशमा नेपाली जनताको सामु, कसरी निर्णायक र प्रभावकारी भुमिकामा पार्टीलाई उभ्याउँने ? भन्ने नै हो । त्यसैले अब यी प्रश्नहरुको कठघरामा उभिएर सबैले इमान्दारी पूर्वक उत्तर खोजौं । नेतृत्व पंक्तिले पनि कार्यकर्ताहरु बीच उत्साहजनक योजना र कलात्मक ढंगबाट संगठन परिचालन गर्नमा कहाँ चुक्यौं ? भनेर गम्भीर समिक्षा गर्नुपथ्र्यो, तर “अरुले पैसा बाँडेकाले जिते” भन्ने हिजोकै जवाफ दिएको देखियो । पैसाकै भरमा मात्र जितिने भए त, कांग्रेसले पनि कम पैसा बाँडेको थिएन होला । त्यसैले अब यो कुराको मनन् गरौं कि, अब हिजोको पुरानै ढर्राबाट कुनै पनि पार्टी संगठन र व्यक्ति चल्न सक्दैनन् ।’

योगेन्द्र ढकाल लेख्छन् :
‘नेपाल आमाका सन्तान थरिथरिका । एकथरी– सिटामोल नपाइ गाउँमै मर्छन्, अर्कोथरी– झाडापखालाको उपचार बिदेशमा गर्छन ।’

गणेश वाग्ले लेख्छन् :
‘आफूले देखेको र चिनेको मान्छे त आफ्नो हुँदैन भने नदेखेको र नचिनेको भगवान् कसरी आफ्नो हुन्छ ?’

सरस्वती शुब्बा लेख्छन्:
‘पुस माघको चिसो हुसु प्रकृतिको उपहार हो । चिसोमा नाना, छाना र खाना नभएर जनताको मृत्यु हुनु सरकारको लाहाचारी पन्न्ना हो । बदनेतपूर्ण जनताको लागी उपहार हो ।
सरकार यस्तो उपहार जनतालाई खोजी–खोजी बाड्न शक्तिशाली छ । पेटभरी खान स्वास्थ हुन होइन प्रकृतिसँग मिलेर भए पनि दु:ख दिन ।
भुकम्प पीडितको कटेरामा बास छ । टीनबाट झर्ने चिसो शीत अमृत मान्दै बस्न बाध्य छन् । बाढीपीडितहरुको त्रीपाल मुनिको बास छ । जिन्दगीमा न घर छ, न आफ्नो स्वास्थ्य छ ।
तराईमा शितलहरले दिनदिनै मान्छेको मृत्यु भएको खबर सुन्न परेको छ । तर सरकार कानमा तेल राखेर नसुन्ने हुदैन बसेको छ । जनस्तरबाट जे सहयोग पीडितका लागि भएको त्यति पनि सहयोग गर्न नसक्ने लाहाचारी सरकार कहिलेसम्म भोग्न पर्ने हो ? साच्चिकै कठिन विषय भएको छ ।’

देवेन थापाले लेख्छन्:
‘जुलाई ३१/१९५० मा नेपाल र भारत बिच शान्ति तथा मैत्री सन्धि भएको थियो । सोही सन्धिका आधारमा नेपाली नागरिकहरु भारतको विभिन्न स्थानहरुमा छरिएर आ–आफ्ना योग्यता, विवेक अनुसार नोकरी पेशा व्यापार व्यावसाय गर्दै आएका छन् ।
१९५० को सन्धि धारा–७ ले “नेपाल र भारत दुबै देशका सरकारहरु समान आधारमा एक अर्को देशका नागरिकहरुलाई आ–आफ्नो भू–भागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृत प्रदान गर्दछन् ।” भन्ने दुबै देशका सरकार बिच सन्धि सम्झौता भएको छ । तर धारामा उल्लेख गरिएको जस्तै अन्य विशेषाधिकारहरु नेपाली नागरिकले उपभोग गर्न पाएका छन् त ?
२०१८ सम्म आइपुग्दा भारतमा बस्ने नेपाली नागरिकले नेपालमा आफ्ना परिवारलाई फोन सम्पर्क गर्न पनि नसक्ने अवस्था आइसकेको छ । नेपालमा फोन गर्दा ६८ रुपैयाँ भारुको रिचार्ज गर्दा ६.८ को दरले १० मिनेट कुरा हुन सक्थ्यो भने अहिले ६८ रुपैयाँ भारुको रिचार्ज गर्दा १३.६ को दरले जम्मा ०५ मिनेट मात्र कुरा हुन सक्छ यो बिषयलाई नेपाल सरकारले ध्यानाकर्षण गर्न पर्छ कि पर्दैन ?
हामी आशा गर्छौं यसबारे नेपाल सरकारले सकारात्मक भुमिका खेल्न सकोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here