ढोंगीका भजन

0
217

अवोध वालिका सामुहिक वलत्कार

हुदा यौनपिपाशु सजिलै फुत्किन्छन यहाँ
बोक्सी भनि कुटिदा चेली
सिङ्गो समाज रमिते बन्छ यहाँ ।

कान भएर के गर्नु
पिडितका चित्कार सुनिन्न भने
आँखा भएर के भयो
नाङ्गो दमन देखिन्न भने
बोली फुटेर के गर्नु
अन्यायका विरुद्ध बोलिन्न भने ।

त्यसैले म अाँखा देख्ने अन्धो हुँ
कान सुन्ने बैरो हुँ
बोली फुटेको अवला हुँ
म निर्दयि साँची हुँ…

चुपचाप हेरिरहन्छु साच्चै रमितामा मस्त छु
देख्दैन मेरा अाँखा निर्दयीको अत्याचार
सुन्दैन मेरो कान पिडितका चित्कार
सुन्छु मात्र झुट्टा आरोपहरु
देख्छु मात्र कुल्चिदा छाती हरु
गाईरहेछु मात्र ढोंगीका भजन बरु…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here