ढाकाबाङ हाटबजारको १४ औं बार्षिक उत्सव सम्पन्न

0
183

टेकराज भुसाल(टेकु)/अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका २ नं. वार्डमा सञ्चालित ढाकाबाङ हाटबजार ब्याबस्थापन समितिको १४ औं बार्षिक उत्स्वको कार्यक्रम हिंजो मंसिर १३ सम्पन्न भएको छ । हाट बजार स्थल भु.न.पा.२ मा भुवानन्द भुसालको अध्यक्षता, खिमबहादुर राउतको सञ्चालन, गोपाल खनालको स्वागत भाषणमाबाट अघाडी बढेको कार्यक्रमको प्रमुख अतित्थ्यता भु.न.पा. २ नं. वार्ड अध्यक्ष बुद्दी बहादुर थापाले गर्नु भयको थियो ।

कार्यक्रममा भुनपा १ न वर्डका सम्पुर्ण जनप्रतिनिधी, २ नं. वार्डका सम्पुर्ण जन प्रतिनिधी, बिश्व माबि, ढाकावाङ प्रहरी चौकी, ढाकावाङ स्वास्थ्य चौकी, ने.रेड्क्रस उपशाखा, स्व.कुलानन्द स्मृती प्रतिष्ठान, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि., प्रगती कृषक सहकारी संस्था लि. जचेतना महिला कृषक सहकारी संस्था लि., प्रगती बाख्रा पालन मल्टी प्यायर हट, जनचेतना फलफुल तथा तरकारी समुहका प्रमुखहरुको उपस्थिति थियो ।

प्रतियोगितामा प्रथम उन्नतिशिल युवा क्लब भु.न.पा. २ साबिक ढाकावाङ १, दोस्रो राष्ट्रिय जनमोर्चा भुनपा २ सबिक ढाकावाङ ७, तेश्रो क्षितिज युवा सञ्जाल भुनपा २, साबिक ढाकावाङ ७, सान्तवना आयोजक टोली भएको थियो ।

बिजयी टिमलाई हाटबजार ब्यबस्थापन समितिका अध्यक्ष श्री भुवानन्द भुसाल र भुमिकास्थान नपा २ का अध्यक्ष श्री बुद्धि बहादुर थापाले पुरस्कार बितरण गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here