ढाएर पुराईदेउ

0
172
सुरेशकुमार पाण्डे

जनताको माझमा गाएर पुराईदेउ,
बक्तको शंदेश लै भाएर पुराईदेउ।

सुरिलो स्वरमा उन्देउ गजललाई,
समाज भित्र अब छाएर पुराईदेउ।

जनताकै प्याउते जन्तामै पुग्नेगरी,
एउटाले आर्कासँग माएर पुराइदेउ।

प्रगतिकै पथमा लम्किने बाटो हुँदा,
सकेसम्म बर्गभित्र धाएर पुराईदेउ।

साईनो त अटुट छँदैछ हाम्रो बिचमै,
बर्गिय मायाँ बल्यो लाएर पुराईदेउ।

अफ्ठारो बाटोमा हिँड्ने कोसिशछ,
आईपरे का तगारा ढाएर पुराईदेउ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here