डोटीमा राष्ट्रिय जनमोर्चाको तय गर्‍यो जिल्लाव्यापी प्रचारात्मक कार्यक्रम

0
271

सिलगडी । असार र साउन महिनामा राष्ट्रिय जनमोर्चाले प्रचारात्मक कार्यक्रम गर्ने भएको छ । २०७५ असार १३ गते दिपायलमा बसेको राजमो डोटीको बैठकले सो निर्णय गरेको हो ।

सङ्घीयता, प्रादेशिक राजधानीसम्बन्धी विवाद, महङ्गी तथा भ्रष्टाचारका विरुद्ध जनतामा जनचेतना जाग्रित गर्न २०७५ असार २९देखि साउन १० गतेसम्म प्रचारात्मक कार्यक्रम गरिने असार १४ गते सचिव केशवनाथ योगीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा जानकारी गराइए अनुसार असार २९ गते दिपायलमा पत्रकार सम्मेलन गरिने छ भने असार २९ गते सम्पूर्ण जनवर्गीय सङ्गठन र पार्टीको संयुक्त भेला बैठक र प्रशिक्षण कार्यक्रम गरिने छ । असार ३० गते प्रादेशिक राजधानीको विवादसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने छ ।

त्यस्तै, असार ३१ गते पूर्वीचौकी गाउँपालिको डोटी र अछामको सङ्गम चौखुट्टेमा सभा, असार ३२ गते सिलगडीमा कोणसभा, साउन २ गते आदर्श गाउँपालिकाको मौवा नगरदहमा सभा, साउन ३ गते शिखर नगरपालिकाको गोपघाटमा कोणसभा, साउन ५ गते वडीकेदार गाउँपालिकाको विपि नगरको खुलामञ्चमा सभा, साउन ६ गते जोरायल गाँउपलिकाको वुडर बजारमा सभा, साउन ७ गते जोरायलको सरस्वती नगरमा पार्टी र जनवर्गीय सङ्गठनको संयुक्त भेला तथा प्रशिक्षण, साउन ८ गते जोरायल चन्कट्टेमा सभा, साउन ९ गते गैराबजारमा कोणसभा र साउन १० गते दिपायल पिपल्लामा पहिला चरणको प्रचारात्मक कार्यक्रमको समापन सभा गरिने विज्ञप्तीमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here