डेरावसी, अम्बाला, डबबाली र गोविन्दगढमा तीजि कार्यक्रम सम्पन्न

0
544

अम्वाला ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित अम्बाला नगर समितिको आयोजनामा २०७५ को प्रगतिशील तीजि कार्यक्रम सम्पन्न पारिएको छ ।

बावुराम भुसालको सञ्चालन तथा कमल सुवेदीको अध्यक्षता र प्रेम रसालीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो तीजि कार्यक्रममा नगर सदस्यद्वय देवीप्रसाद शर्मा र लक्ष्मण अर्यालले शुभकामना मन्तव्य दिनुभएको थियो ।

डेरावस्सी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज डेरावस्सी नगर समितिद्धारा संचालित डेराबस्सी महिला विभागको आयोजनामा २०७५ को प्रगतिशील तीजि कार्यक्रम सम्पन्न पारिएको छ ।

दिलमाया लुइटेलको संचालन तथा राधिका भुजेलको अध्यक्षताबाट अगाडि बढेको सो तीजि समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात सवीना विसीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन क्षेत्रीय सदस्य काजीमान राइले गर्नुभएको थियो । नगर समितिका उपाध्यक्ष लोक बहादुर विकले शुभकामना मन्तव्य दिनुभएको थियो ।

डबबाली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत डबबाली नगर समितिको आयोजनामा तीजि कार्यक्रम सम्पन्न भएको छ ।

तेजा विकको अध्यक्षतामा तथा महेन्द्र भण्डारीको सञ्चालनबाट अगाडि बढेको तीजि कार्यक्रममा उपस्थिति सबैलाई राजेन्द्र जीसीले स्वागत गर्नुभएको थियो

मण्डीगोविन्दगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति मण्डीगोविन्दगढ र अखिल भारत नेपाल एकता मंच संयुक्त आयोजनामा हरितालिका तीजि कर्यक्रम सफल पारिएको छ ।

एकता मञ्चकि आशिका विकको सञ्चालन तथा विमला शर्माको अध्यक्षताबाट अगाडि बढेको सो तीजि कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनेट मौनधारण पश्चात उपस्थित दाजुभाई तथा दिदीबहिनीहरुलाई भरत सेनले स्वागत भाषण गरेर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा शिवदत्त सुवेदी, कैलाश विक, रामबहादुर ताम्राकार, जुद्ध परियारले शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here