काठमाडौँ । नेकपा (मसाल) ले प्रा.डा. गोविन्द के.सी.को गिरफ्तारीलाई सरकारको ‘गैरजिम्मेवार’, ‘अमानवीय’ र ‘पूर्वाग्रहयुक्त’ कार्य बताएको छ । अहिले सरकारले चिकित्सासम्बन्धी विषयमा ल्याएको विधेयक पनि डा. के.सी.सँग गरिएका पूर्व सम्झौताको विरुद्धमा रहेको बताउँदै मसालले डा. के.सी.सित सरकारले गरेका पूर्व सम्झौताहरूलाई कार्यान्वयनका लागि प्रभावकारी कदम उठाउनु पर्नेमा जोड दिएको छ । आफ्ना छोराको हत्यामा संलग्नहरूलाई कानुनी कार्वाहीको माग राख्दै वीर अस्पतालमा अनसन बसिरहेकी गङ्गामाया अधिकारीका मागलाई न्यायपूर्ण बताउँदै मसालले अनसनरत अवस्थामै गङ्गामायाको पनि निधन हुन पुगेमा इतिहासले क्षमा नदिने भन्दै त्यस प्रकारको घटना घट्न नदिन सरकार, संसद र सम्पूर्ण न्यायप्रेमी जनताको ध्यानाकर्षण गराएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा २०७५ असार १९ गते जारी विज्ञप्तिमा उक्त कुरा जनाइएको छ । महामन्त्री सिंहद्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ–““नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आज बसेको केन्द्रीय कार्यालयको बैठकले डा. गोविन्द केसीको अनसन र उहाँको स्वास्थ्यप्रति गम्भीर चिन्ता प्रकट गर्दछ । उहाँलाई जुन अवस्थामा गिरफ्तार गरियो र जुन अवस्थामा राखिएको छ, त्यो अत्यन्त गैर जिम्मेवार र अमानवीय कार्य भएको हाम्रो पार्टीको ठहर छ ।
डा. केसीलाई निषेधित क्षेत्रमा अनसन गर्न खोजेको भनेर जुम्लामा गिरफ्तार गरिएको छ । यहाँ यो उल्लेखनीय छ कि त्यो कथित निषेधित स्थान स्थानीय सरकारले पहिलेदेखि नै निषेध गरिएको स्थान थिएन । त्यहाँ डा. केसी अनसनका लागि जाने भनेपछि नै त्यो स्थानलाई निषेधित क्षेत्र घोषित गरिएको थियो । त्यसरी जुन स्थानलाई जुम्लाको स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गर्ने आदेश दियो, त्यो आदेश पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ र त्यही निषेधित क्षेत्र तोडेको आरोपमा गरिएको गिरफ्तारी पनि पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ ।
डा. केसी जसरी बारम्बार अनसनमा बस्नु परेको छ, त्यो सरकारको गैर जिम्मेवार कार्यप्रणालीको नै परिणाम हो । सरकारले केसीसित बारम्बार गरेका सम्झौताहरूको कार्यान्वयन नगरेको हुनाले नै केसी त्यसरी बारम्बार अनसन बस्न बाध्य हुनु परेको छ । अहिले सरकारले चिकित्सासम्बन्धी विषयमा ल्याएको विधेयक पनि डा. केसीसित गरिएको सम्झौताका विरुद्ध छ । हामी सरकारसित यो माग गर्दछौँ कि सरकारले केसीसित गरिएका सम्झौताहरूलाई कार्यान्वयन गर्ने गरेर विधेयक ल्याउनु पर्दछ र त्यसरी उनीसँग गरिएका सम्झौताहरूको कार्यान्वयनका लागि प्रभावशाली कदम उठाउनु पर्दछ ।
अहिले वीर अस्पतालमा अनसन बसिरहेकी गङ्गामायाको स्वास्थ्यप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । उनको माग एकदम न्यायपूर्ण र सामान्य छ । उनले आफ्नो छोराको हत्यासित संलग्न व्यक्तिहरूमाथि न्यायपूर्ण कारवाहीको माग गरिरहेकी छन् । त्यही मागका लागि अनसन बस्दाबस्दै उनका पति नन्द प्रसाद अधिकारीको मृत्यु भयो । अहिले गङ्गामाया पनि जीवन र मृत्युको दोसाधमा नै छन् । कुनै पनि व्यक्तिको हत्याका लागि कानुनी कारवाही र आवश्यक दण्ड सजायको माग गर्नु संविधान वा कानूनले नागरिकलाई दिएको अधिकार भित्रको कुरा हो । आफ्नो छोराको हत्याको अभियुक्तका विरुद्ध न्यायपूर्ण कारवाहीको माग गरेर अनसन बस्दा नन्द प्रसादको जसरी निधन हुन गयो, त्यसका लागि इतिहासले सरकार र सम्बन्धित राजनीतिक दल वा सङ्गठनहरूलाई कहिल्यै क्षमा दिने छैन । त्यस प्रकारको एउटा गम्भीर घटना नन्द प्रसादको मृत्युबाट भइसकेको छ । त्यही प्रकारको अर्को घटना उनकी पत्नीको मृत्युबाट हुन नपाओस्, त्यसका लागि हामीले सम्पूर्ण न्यायप्रेमि जनता, राजनीतिक दल, राष्ट्रिय मानव अधिकार आयोग लगायत मानव अधिकारसँग सम्बन्धित सङ्घ/संस्था, सामाजिक सङ्गठन, संसद र सरकार समेतको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”
प्रेस वक्तव्य
नेपाल कम्युनिष्ट पार्टी (मसाल)को आज बसेको केन्द्रीय कार्यालयको बैठकले डा. गोविन्द के.सी.को अनसन र उहा“को स्वास्थ्य प्रति गम्भीर चिन्ता प्रकट गर्दछ । उहा“लाई जुन अवस्थामा गिरफ्तार गरियो र जुन अवस्थामा राखिएको छ, त्यो अत्यन्त गैरजिम्मेवार र अमानवीय कार्य भएको हाम्रो पार्टीको ठहर छ ।
डा. के.सी.लाई निषेधित क्षेत्रमा अनसन गर्न खोजेको भनेर जुम्लामा गिरफ्तार गरिएको छ । यहा“ यो उल्लेखनीय छ कि त्यो कथित निषेधित स्थान स्थानीय सरकारले पहिले देखि नै निषेध गरिएको स्थान थिएन । त्यहा“ डा. के.सी. अनसनका लागि जाने भनेपछि नै त्यो स्थानलाई निषेधित क्षेत्र घोषित गरिएको थियो । त्यसरी जुन स्थानलाई जुम्लाको स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गर्ने आदेश दियो, त्यो आदेश पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ र त्यही निषेधित क्षेत्र तोडेको आरोपमा गरिएको गिरफ्तारी पनि पूर्वाग्रहयुक्त भएको कुरा प्रष्ट छ ।
डा. के.सी. जसरी बारम्बार अनसनमा बस्नु परेको छ, त्यो सरकारको गैरजिम्मेवार कार्यप्रणालीको नै परिणाम हो । सरकारले के.सी.सित बारम्बार गरेका सम्झौताहरुको कार्यान्वयन नगरेको हुनाले नै के.सी. त्यसरी बारम्बार अनसन बस्न बाध्य हुनु परेको छ । अहिले सरकारले चिकित्सा सम्बन्धी विषयमा ल्याएको विधेयक पनि डा. के.सी.सित गरिएको सम्झौताका विरुद्ध छ । हामी सरकारसित यो माग गर्दछौं कि सरकारले के.सी.सित गरिएका सम्झौताहरुलाई कार्यान्वयन गर्ने गरेर विधेयक ल्याउनु पर्दछ र त्यसरी उनीस“ग गरिएका सम्झौताहरुको कार्यान्वयनका लागि प्रभावशाली कदम उठाउनु पर्दछ ।
अहिले विर अस्पतालमा अनसन बसीरहेकी गंगामायाको स्वास्थ्यप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । उनको माग एकदम न्यायपूर्ण र सामान्य छ । उनले आफ्नो छोराको हत्यासित संलग्न व्यक्तिहरुमाथि न्यायपूर्ण कारवाहीको माग गरिरहेकी छन् । त्यही मागका लागि अनसन बस्दाबस्दै उनका पति नन्दप्रसाद अधिकारीको मृत्यु भयो । अहिले गंगामाया पनि जीवन र मृत्युको दोसाधमा नै छन् । कुनै पनि व्यक्तिको हत्याका लागि कानूनी कारवाही र आवश्यक दण्ड सजायको माग गर्नु संविधान वा कानूनले नागरिकलाई दिएको अधिकार भित्रको कुरा हो । आफ्नो छोराको हत्याको अभियुक्तका विरुद्ध न्यायपूर्ण कारवाहीको माग गरेर अनसन बस्दा नन्दप्रसादको जसरी निधन हुन गयो, त्यसका लागि इतिहासले सरकार र सम्बन्धित राजनीतिक दल वा संगठनहरुलाई कहिल्यै क्षमा दिने छैन । त्यस प्रकारको एउटा गम्भीर घटना नन्दप्रसादको मृत्युबाट भइसकेको छ । त्यही प्रकारको अर्को घटना उनकी पत्नीको मृत्युबाट हुन नपाओस्, त्यसका लागि हामीले सम्पूर्ण न्यायप्रेमि जनता, राजनीतिक दल, राष्ट्रिय मानव अधिकार आयोग लगायत मानव अधिकारस“ग सम्बन्धित संघ, संस्थाहरु, सामाजिक संगठन, संसद र सरकार समेतको ध्यान आकर्षित गर्न चाहन्छौं ।
मिति : २०७५ असार १९ गते