डबबालीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
156

डबबाली, २ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत डबबाली नगर समितिले एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

तेजा विकको अध्यक्षतामा तथा महेन्द्र भण्डारीको सञ्चालनमा सम्पन्न प्रशिक्षण क्लासमा अतिथी आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पश्चात राजेन्द्र जीसीले स्वागत गर्नुभएको थियो ।

सो प्रशिक्षण कार्यक्रममा मूल प्रवाह केन्द्रीय सल्लाहकार तथा क्षेत्रीय सचिव त्रिभुवन भट्टराइले राष्ट्रिय परिस्थिति, मूल प्रवाहको दायीत्व, संघीयता, नागरिकता विधायक, लगायतका विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here