ठूला राजनीतिक पार्टीहरु महिला अधिकार कुरा मात्र गर्दछन् : खनाल

0
450
नयाँ दिल्ली, ५ अगस्त । ठूला राजनीतिक पार्टीहरुले महिला अधिकारका चर्का कुरा गर्ने तर व्यवहारमा नगर्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव ठाकुर खनालले बताउनु भएको छ । खनालले समाजको पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत महिला क्षेत्रीय विभागको भेला समारोको प्रमुख अतिथिको आसनबाट मन्तव्यको क्रममा सो अभिव्यक्ति दिनु भएको हो ।
        प्रमुख अतिथि ठाकुर खनालले दीप प्रज्वलित गरि तालीको ध्वनी करताल बीच भेलाको विधिवत उद्घाटन पछि मन्तव्य दिंदै महिलाहरु संगठित हुनका लागि पनि पुरुषको भर पर्ने विद्यमान समाज भएकोले यसलाई बदलन स्वयं महिलाहरु संगठित भई अगाडि आउनु पर्ने बताउनु भयो ।
         देशका राजनीतिक पार्टीहरुले आफूलाई महिला अधिकारका जति सुकै दुहाई दिंदै आएता पनि उनीहरुको व्यवहार भने त्यसो नभएको बताउनु भयो । “देशको संसदीय चुनाव र प्रदेश सभाको चुनावमा ३३ प्रतिशत प्रत्यक्ष उम्मेदवार महिलाहरु हुनु पर्नेमा ठूला दलहरुबाट नै अत्यन्तै न्यून रहेको छ ।” खनालले भन्नु भयो– “राजनीतिक पार्टीहरुबाट भइरहेको त्यस प्रकारको विभेदका विरुद्ध स्वयं महिलाहरु जबसम्म संगठित रुपमा अगाडि आउँदैनन् त्यसको निकास संविधानमा उल्लेख भएर मात्रै हुँदैन ।”
        गिता बस्नेतको अध्यक्षता र गिता पौडेलको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई रेशमी पुन मगरले स्वागत गर्नुभएको थियो ।
       भेलाले शारदा पौडेल खनालको अध्यक्षतामा १५ सदस्यीय महिला क्षेत्रीय विभागीय समिति गठन गरेको छ । जसमाः सचिव– सोनीय वेलवासे, कोषाध्यक्ष गिता पौडेल रहेको छन् । त्यस्तै सदस्यहरुमाः हस्तो देवी विक, रेशमी पुन मगर, गिता बस्नेत, मायाँ कँुवर, सावित्रा अधिकारी, नमकला विष्ट, देवी शाह, मिना परियार, उमा केसी, फर्सा विक, मायाँ विसी र फूलमायाँ जिसी रहनु भएको छ ।
              नयाँ समितिको घोषणा क्षेत्रीय समितिका अध्यक्ष लालचन्द पन्तले गर्नुभएको  थियो । त्यस्तै नयाँ समितिलाई मतिराज गौतम, अजय रेश्मी, शिव केसी, गोपाल केसी, विजय खनाल, चक्रसिंह केसी, वल बहादुर रेश्मी, शालिकराम आचार्य लगायतले बधाई मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here