ठमेल जादै हुनुहुन्छ ? सञ्चारकर्मि रोसन दानीको फेमिली रेष्टुरेण्ट ‘रेड लायन्स लाउञ्ज’ मा अबस्य पस्नु होस्

0
458

दानीको फेमिली रेष्टुरेण्ट ‘रेड लायन्स लाउञ्ज’ छिट्टै सञ्चालनमा आउँदै

काठमाडौं । राजधानीको ठमेल नर्सिङ चोक मार्गमा फेमिली रेष्टुरेण्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको छ । संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेण्ट सञ्चालनमा आउन लागेको हो । वैशाखको अन्त्यबाट सुरू हुने गरि रेष्टुरेण्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने बताइएको छ ।

युवा सञ्चारकर्मि रोसन दानी तथा युवा व्यवसायी अर्जुन थापाको लगानीमा सुरुवात गरिएको रेष्टुरेण्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइने जनाइएको छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाइभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका प्रवन्ध निर्देशक एवं सञ्चारकर्मि रोसन दानीले बताए ।

रेड लायन्स लाउञ्ज’ अध्यक्ष अर्जुन थापाले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको बताए । रेष्टुरेण्ट विहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ। साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने छ । करिव साढे दुई करोड लगानीमा सुरू हुन हुन लागेको रेष्टुरेण्टमा नयाँ नयाँ परिकारहरूको स्वाद दिने कम्पनीको लक्ष्य रहेको छ ।

ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने र त्यहाँबाट दहचोको पर्यटकिय प्रर्वधनमा टेवा पुर्याउने र भावी दिनमा दहचोक डाडामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here