टोखामा युवकहरु जुटे

0
186

काठमाडौ । अखिल नेपाल युवक संघको टोखा नगर भेला २०७४ फाल्गुन २६ गते गोङबुमा सम्पन्न भएको छ । भेला संघका केन्द्रीय सचीव रमेश पौडेल, काठमाडौं जिल्ला इन्चार्ज संजाल शर्मा, बुद्धिजीवी संघका केन्द्रीय महासचिव समीर सिंह र राजमो काठमाडौं जिल्ला सदस्य दिवाकर सुवेदी र संघका काठमाडौं जिल्ला सदस्य जिबराज बस्नेतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेलाले दुष्यान्त पौडेल को अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गरेको छ । त्यस्तै उपाध्यक्ष– बिशाल शर्मा, सचिव– खगेन्द्र पौडेल र कोषाध्यक्ष– प्रबिन पौडेल रहेका छन्, सदस्यमा धुर्ब पौडेल, कृष्ण थापा, उमेश भण्डारी, अशोक सुबेदी, गणेश ढकाल रहेका छन् । समितिमा प्रकाश शर्मा, भेगराज पौडेल, भक्त बिकलाई समितिको सल्लाहकार रहेका छन् ।

भेलाले आगामी चैत १७ गते हुन गैइरहेको काठमाडौं जिल्ला सम्मेलन सफल पार्न सदस्यता वितरण, इकाई समिति निर्माण र आर्थिक अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

उक्त भेलाको अध्यक्षता कृष्ण थापा र स्वागत मन्तव्य प्रबिन पौडेलले दिएका थिए । कार्यक्रम सञ्चालन सञ्चालन दुष्यान्त पौडेलले गरेका थिए । अखिल नेपाल युवक संघ राष्ट्रिय जनमोर्चा निकट रहेको युवकहरुको संगठन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here