टिकापुरमा राजमो भेला सम्पन्न

0
377

भदौ २३, कैलाली । रा.ज.मो टिकापुरको नगर भेला सम्पन्न भएको छ । भेलाले यमनारायण पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरेको छ । उपाध्यक्षमा ध्रुब बहादुर शाह, सचिबमा नरेश राज गिरी, कोषाध्यक्षमा बिनोद के.सी, सदस्यहरुमा सिमा कठरिया, जयधर्म न्यौपाने, संगिता चौधरी, कित्र कला बि.क, उमा संज्याल, समिक्षा सिंह, सिमरन साउँद, कबिता भट्ट र १ स्थान रिक्त रहेको छ ।

भेला रा.ज.मो पुर्ब जिल्ला अध्यक्ष तथा प्रदेश नं ७ का सचिबाय सदस्य तिलक परियारको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाको सञ्चालन नरेश राज गिरीले र स्वागत नबराज संज्यालले गर्नु भएको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तिलक परियारले कथित बामपन्थी सरकारले जनताको ढाड् सेक्ने गरी कर बृद्धि गरेकोले कर लगायत भ्रष्टचार हत्या हिंसा, बलत्कार तथा संघीयता खारेजिको लागि सशक्त आन्दोलन गर्नुपर्ने परियारले बताउनु भयो । संघीयता खारेज नभए देश नै बर्बाद हुने परियारको भनाई थियो ।

जिल्ला उपाध्यक्ष दयाराम संज्याल, टेकराज न्यौंपानेले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । भेलामा अ.ने.शि.सं. जिल्ला सहचिव नबराज सज्याल, रक्तिम कैलाली जिल्ला सदस्य सृजना परियार, अखिल छैठौका निरज बि.क लगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here