झारपात जम्मा भएर कम्युनिस्ट बन्न सक्दैनन्ः चित्रबहादुर केसी

0
1286

राष्ट्रिय जनमोर्चा रुपन्देहीमा नया नेतृत्व चयन

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वएमाले र माअोवादी एकतापछि बनेको नेकपालार्इ  झारपात जम्मा भएको टिप्पणी गरेका छन् । झारपातहरू जम्मा भएर कोहीपनि  कम्युनिस्ट बन्न नसक्ने अध्यक्ष केसीले व्यङ्ग्य समेत गरे ।

अध्यक्ष केसीले आधारभूत सिद्धान्त छोडेका सबै प्रकारका पार्टीबीचको एकतालाई कम्युनिस्ट एकता भन्न नसकिने  तर्क गर्दै एमाले-माअोवादी एकतालार्इ पूँजीवादी एकताको संज्ञा दिए ।

रुपन्देहीको पाँचौ जिल्ला सम्मेलनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले एमाले र माओवादीको एकतालाई धेरैले खिसिट्युरी गरेपनि राष्ट्रिय जनमोर्चाले स्वागत गरेको व्यङ्ग्य गरे । विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको बिरोध गर्नुको अर्थ नभएको बताए ।

दुई पार्टीको एकता पूँजीबादी प्रणालीको एकता भएकाले यो कम्युनिस्टको पक्षमा नभएको उनको भनाइ छ ।

अध्यक्ष केसीले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताउँदै केन्द्र र स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाइ भए पुग्ने तर्क समेत गरेका छन् ।

संघीयताको आडमा तराईबाट हिमाल र पहाडलाई अलग गराउने षडयन्त्र भैरहेका भन्दै उनले यसबाट सचेत हुन आग्रह गरे ।

नया नेतृत्व चयन

राष्ट्रिय जनमोर्चा रुपन्देहीम पुन बद्रे आलमको अध्यक्षतमा सर्वसम्मत नया नेतृत्व चयन भएको छ । दुइ दिन सम्म बुटवलमा चलेको पांचौ जिल्ला सम्मेलनले नया कार्यसमिचित चयन गरेको हो । जसको उपाध्यक्षमा इन्दिरा ज्ञवाली सचिव दिपक पौडेल, सहसचिव रुक वहादुर पराजुली र कोषध्यक्षमा टानवहादुर खत्री चयन हुनुभएको छ ।

सम्मेलनले १७ पूर्ण, चार बैकल्पिक र पाच जना सल्लाहाकार रहेको २६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

आज विहान बाट सुरु भएको बन्द शत्रमा अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन छलफल गरी पारित गरेको थियो । संविधान कार्यान्वयन र संघीयता खारेजीको निम्ती हाम्रो अभियान, राष्ट्रियता र जनतन्त्रको पक्षमा पांचौ सम्मेलन भन्ने नाराका साथ सुरु भएको सम्मेलनको हिजो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद््घाटन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here