जोधपुर, ९–१० जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जोधपुरको छैठौं सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य नारायण शर्माले गर्नुभएको थियो । खगेश्वर शर्माको सञ्चालन, रुद्रनाथ सुवेदीको अध्यक्षता र यामबहादुर नेपालीको स्वागत भाषण तथा १ मिनेट मौनधारणबाट शुरु भएको सम्मेलनमा मूल प्रवाह क्षेत्रीय सदस्य मंगल सिंह खड़का र महिला क्षेत्रीय विभाग की पार्वती थापाले लगायतले शुभकामना दिनुभएको थियो ।
सम्मेलनले याम बहादुर नेपालीको अध्यक्षतामा ११ पूर्ण, ४ वैकल्पिक र ६ सल्लाहकार रहेको जोधपुर नगर समितिको चयन गरिएको छ । जसमा: उपाध्यक्ष– खगेश्वर शर्मा, सचिव– होम बहादुर गुरुङ, सहसचिव– गणेश ठकुरी र कोषाध्यक्ष– पार्वती थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा: रुद्रनाथ सुवेदी, तुल बहादुर पाईजा, सानु बस्नेत, कमला शर्मा, छविलाल थापा, सागर भण्डारी, वैकल्पिक सदस्यहरुमा: हरिश शाही, रामबहादुर पुन मगर, भीम सिंह केसी र पदमा भण्डारी रहेका छन् । सम्मेलनले गोपाल नेपाली, जीत बहादुर, शोभा भण्डारी, नेत्र बहादुर वाईबा, भीम बहादुर मगर र तुलसीनाथ सुवेदीलाई सल्लाहकारमा चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा रक्तिम केन्द्रीय विभागका रिम रानाले गर्नु भएको थियो ।
प्रमुख अतिथि केन्द्रीय सदस्य नारायण शर्मा, क्षेत्रीय समितिका मंगल सिंह खड़का, महिला क्षेत्रीय विभागबाट पार्वती थापा, दिपा थापा, जनजाति क्षेत्रीय विभागका बलबहादुर खासु, अखिल भारत नेपाली विद्यार्थी संघ मध्य पश्चिमोत्तर क्षेत्रीय समितिबाट पूनम थापा, शिवम ग्रिन बेर्को डवलपमेन्ट प्रा.लीका प्रेम हल्दानीया, जयपुर दक्षिण नगर समितिका सचिव बाबुराम थापा लगायतले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।
खगेश्वर शर्माको सञ्चालन तथा रुद्रनाथ सुवेदीको अध्यक्षता र यामबहादुर नेपाली र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
कार्यक्रममा रक्तिम सांस्कृतिक परिवार मध्य पश्चिमोत्तर क्षेत्रीय विभागका कलाकारहरुले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।