जुनिजुनी तिम्रै काख र साथ कल्पिनेछु, प्रिय लोकतन्त्र

0
108

कविता

लक्षिराम आचार्य

प्रिय लोकतन्त्र
तिमी शीत मितेरी
गाँसेको नि सायद
गणितीय शब्द्ले
१३ बर्ष ब्यतित
गरि सक्यो।
अहँ तिम्रो मनले
मलाई मित्र
मान्न सकेको छैन अझै
आशाका किरणहरु
टोलायेरै बाँच्न बिवश छन
मरभुमी को उँट्ले झै।
तिमी आज आफ्नै
जीवन जिउँदै छौ
जतिबेला मैले सडकमा
पहिलो पटक तिम्रो
नाम पुकारेको थिएँ
म माथी लाठी
गोलि र हत्कडी ठोकिय
तिमी प्रतिको मेरो मोह
भंग हुन सकेन
जतिबेला म
पिँजडामा कोचियेको थिएँ
मेरो खाने गासहरुमा
तिम्रो सुगन्ध रहेकै थियो
तिमीसँगको अनुपम
मेरा सपनाका किरणहरु
जिबित र जिबन्त थिए।
आज तिमी तन्नेरी हुँदै गर्दा
हाम्रो मित्रता जुटाउन
शाहदत प्राप्त गर्ने
महान शहिदहरुको
मुल्य आज तिमिले
नै बिर्सिदै छौ
तिम्रो जन्ती बनेर आयकाहरु नै
आज तिम्रो मलामी बन्न उद्दत छन
एकसरो लाउन र खाना नपाएका
अनि बिरामी परेका जिन्दगीहरु
सडक पेटि मै बेबारिसे छन
चौराहामा जुत्ता सिउने मोजि दाइ
आरानमा घन ठटाउने कान्छा काका
अनि भारत र मरभुमिमा
जिवनका भिक माग्न बिवस
नौ जवान हाम्रा छिमेकिहरु
उहीँ आर्तनाद सहन बाध्य छन
तर पनि प्रिय लोकतन्त्र
तिम्रो साथ नपाएपछि
मेरो त्यो सपना
पूर्बको गोठगाउँ हुँदै
पश्चिमको गोबरिया पुग्दासमेत
आशाका किरणहरु
धपधप पनि जल्न पाएका छैनन
तिमी जति सक्छौ
मलाई घृणा गर
मेरो मुटुमा तिम्रो मोह
अजम्बरी छ
तिमी टन्न खायेर निदाउला
म भोको पेटमा भएनी सपनिमा
तिमिसितै भेट गर्न आउनेछु
तिमिले सम्बन्धको पारपाचुके गर्न
अदालतमा बोलाए पनि
म तिमिसँग कल्पिएका
हजारौं मेरा सपनाहरू
न्यायलयको बकपत्रमा
अन्तिम सम्म बक्नेछु
बरु हाम्रो मित्रतालाई प्रगाढ पार्न
जुनिजुनी तिम्रै काख र साथ कल्पिनेछु
ए मेरो प्रिय लोकतन्त्र ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here