जुना मगरको “पहिलो भेट”

0
1536
बाबु रोका मगर
दिनहुँ विभिन्न किसिमका गितहरु बजारमा आइरहने क्रम जारी छ र कस्को गितले के कति राम्रो बजार भाउ र प्रतिकृया पायो भन्ने कलाकारहरु माथी निर्भर छ । कैयौंले अर्धनग्न शरिरको प्रदर्शन गरेर त कतिले ससाना बालकलाकारहरुको उपयोगै गरेर सहि बजार भाउ पाउने र तताउने कोशिस पनि भइनै रहेको छ । कतै प्रतिस्पर्धा त कतै मनोरञ्जनका लागि निर्माण गरिएका म्युजिक भिडियोहरु सर्बत्र युट्युबमा हेर्न पाइएकोछ । मात्रै फरक यो छ कि विद्यमान समाजमा यस्ता प्रकारका गित संगितले के कस्ता प्रभावहरु पारेको छ त्यस बारे भने अलिकति खोतल्ने कि ?
खैर केही छैन । रिना बमको शब्दमा भर्खरै मात्र रिलिज गरिएको उदाउँदो नव कलाकार चंचले मोडल नवलपरासी कि जुना मगरको अभिनय रहेको “पहिलो पहिलो भेटमा” बोलको म्युजिक भिडियोले यति बेला गाउँशहर तताउदै छ । जीवन परियार र शृष्टि चन्दको आवाजमा रहेको उक्त गितमा जुना मगरलाई सुवास नेपालीले साथ दिएका छन् । सुवास नेपालीले निर्देशन र जनक अधिकारीको छायांकन रहेको यस भिडियोमा अमृत लामाले नृत्य निर्देशन गरेका छन् । हेरौं यो म्यूजिक भिडियोले कत्तिको बजार पाउँछ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here