जुट्दैछन विद्यार्थीहरु संघीयताको विरुद्धमा

0
268

पोखरा । अखिल (छैठौ) को संघीयता विरुद्ध विद्यार्थी मार्च कार्यक्रम निरन्तर चलिरहेको छ । राजनीतिक रूपमा निकै नै महत्वपूर्ण मानिदै आएको पोखराको पृथ्वीनारायण क्याम्पसमा अखिल (छैठौ) कार्यक्रम गर्नुको सँगसगै संगठन बिस्तारलाई पनि निरन्तरता दिएको छ, उक्त कार्यक्रमले कलास कमिटिहरु निर्माण गरेको छ ।

विएड पहिलो वर्ष सेक्सन सिमा हिमा कुमारी काफ्लेको अध्यक्षतामा ७ सदस्यीय समिति निर्माण गरिएको छ जसको उपाध्यक्षमा गङगा बुढाथोकी, सचिव सुनिता थापा, सह सचिव राधिकार शर्मा, कोषाध्यक्ष सदिच्छा न्यूपाने, सदस्यमा एलिना बिक र जमुना बुढाथोकी रहनु भएको छ ।
त्यस्तै, विएड म्याथ सेक्सन विमा रोजिना शाहीको अध्यक्षतामा ९ सदस्यीय कलास समिति निर्माण गरिएको छ जसको उपाध्यक्ष बिरु बिक, सचिब देबि अधिकारी, सहसचिव जय गुरुङ, कोषाअध्यक्षमा प्रकाश थापा र सदस्यहरुमा रस्मिला अधिकारी, अनिता अधिकारी र डण्डपानी ढुंगाना रहनु भएको छ ।

त्यस्तै गरि विएड साइन्सको पहिलो वर्षमा प्रकाश थापाको अध्यक्षतामा ९सदस्यीय समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षमा एन्जला हमाल, सचिब रितु थापा सहसचिब ज्योति सापकोटा, कोषाअध्यक्ष कविता पौडेल र सदस्यहरुमा अङ्कित पुन मगर, समिक्षा गैरे, नमुना रानाभाट र सपना शाह रहनु भएको छ ।

उक्त कार्यक्रममा अखिल (छैठौ) का केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज गणेश अधिकारी केन्द्रीय सदस्य तथा जिल्ला सचिब प्रताप पौडेल र रास्ट्रिय परिषद सदस्य तथा जिल्ला सचिवालय सदस्य दिपा थापाको विशेष उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here