जीवन शर्मा, रायन सहित जनवादी कलाकारहरुलाई सम्मान

0
338

काठमाडौं । जनसाँस्कृतिक महासंघ नेपालले यस वर्षको “लाइफटाइम एचिभमेन्ट”बाट रायन सहितका जनवादी गीत, संगीत, ललितकला, चलचित्र, नृत्यकला र नाटक विधाका हस्तीहरुलाई सम्मान गरेको छ । महासंघले राष्ट्रिय सभागृहमा एक भव्य समारोहको आयोजना गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातबाट उक्त सम्मान गरेको हो ।

             नेपाली जनवादी गीतसंगीतका क्षेत्रमा योगदान पु¥याएवापत नारायणभक्त श्रेष्ठ “रायन”लाई रु १५ हजार नगदसहित सम्मान गरिएको छ । महासंघका अध्यक्ष सरल सहयात्रीका अनुसार महासंघले “जनसाँस्कृतिक राष्ट्रिय सम्मान–२०७४”बाट विमल निभा, “प्रगतिशील संगीत सम्मान” जीवन शर्मालाई, “जनवादी गायन सम्मान” सीता आचार्यलाई, “प्रगतिशील ललितकला सम्मान”बाट रामकृष्ण भण्डारीलाई, “प्रगतिशील चलचित्र सम्मान”बाट सुभाष गजुरेल, “प्रगतिशील नृत्य सम्मान” जानुका राई र “प्रगतिशील नाटक सम्मान” अशोक शिवाकोटीलाई दिइएको छ ।

             सम्मानित सबै स्रष्टाहरुलाई पनि रु १५ हजार नगदसहित ताम्रपत्र दिइएको थियो । वि.सं २०५५ चैत ५ गते काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा तत्कालीन राज्य पक्षबाट प्रगतिशील गीत गाइरहेका ७ जनकलाकारलाई सामूहिक हत्या गरिएको दिनको सम्झनामा महासंघले यस बर्षदेखि सम्मान गर्न थालेको अध्यक्ष सहयात्रीले बताएका छन् ।

             आजको दिनलाई महासंघले साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । जनसाँस्कृतिक आन्दोलनमा देशैभरिबाट १ सय ६० भन्दा धेरै प्रगतिशील साँस्कृतिककर्मीले शहादत प्राप्त गरेको बताइएको छ ।

सिखर न्यूजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here