जीबन फूल हो या काँडा

0
190

जीबन फूल हो या काँडा, बुझ्न सकिन
यात्रा मृत्यु हो या साहारा, बुझ्न सकिन
कहिले बस्ती पारी छट्पटाईमा जीउछ जीबन
कहिले सिमाना पारी तड्पाइमा हुन्छ जीबन
जीबन फूल हो या भूल, बुझ्न सकिन

आमा–बाबाको न्यानो काखबाट, टाढा हुन्छ
भाई बैनीको मिठो मायाँबाट, छुट्टिनु पर्छ
साथीहरुका साथ अतितमा, समर्पित हुन्छ
जीबन संगिनीको सामीप्यबाट, टाढ़ीनु पर्छ
नदी हो या सुकेको बगर, बुझ्न सकिन

आफ्नो गाँउ बस्ती छोडी परदेशी, हुनु पर्छ
दौतरीसँग भीर पाखा गर्नुबाट, परदेशी हुनु पर्छ
आफ्नै पधेराको मिठो पानीबाट, बंचित हुनु पर्छ
आफ्नै पाल्तु बस्तुसँग रमाउन, बंचित हुनु पर्छ
मूर्झीने बिरुवा हो या हरियो बन, बुझ्न सकिन

धनको पछी दिन प्रतिदिन छटपटाइमा, जान्छ
दुःख पछिको मिठो गासको सपनामा, जान्छ
संघर्षको सानो झोपडीको कल्पनामा, जान्छ
राम्रो कपडाको टालो लगाउने सपनामा, जान्छ
या औंसीको कालो रात बुझ्न, सकिन जीबन

जीबन फूल हो या काँडा बुझ्न, सकिन जीबन
यात्रा मृत्यु हो या साहारा बुझ्न, सकिन जीबन

नवीन बस्याल स्वर्गद्वारी नगरपालिका–२ प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here