जीपी कोइराला फाउन्डेशन स्पेन शाखाको अध्यक्षमा सापकोटा

0
148

बार्सिलोना । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जीपी कोइराला फाउण्डेशन स्पेन शाखाको अध्यक्षमा रामबाबु सापकोटा चयन भएका छन् ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र प्रसाद शर्माको प्रमुख आथित्यतामा बार्सिलोनामा सम्पन्न एक भेलाले फाउन्डेसनको स्पेन शाखा गठन गरेको हो ।

फाउण्डेशनको उपाध्यक्षमा  बिजय शर्मा दर्पण र कमल भण्डारी, महासचिवमा एन के भट्टराई र कोषाध्यक्षमा दर्पण के सी चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः मुक्ति श्रेष्ठ, बिकाश कंडेल, प्रकाश पुरी, सुरज कुमार न्यौपाने, रेमण्ड शाही, मञ्जु तिवारी, प्रकाश गिरि र हरि शर्मा सदस्यमा चयन भएका छन् ।

भेलामा जनसम्पर्क समिति स्पेनका पूर्व अध्यक्ष पुष्प राज भण्डारी र निबर्तमान अध्यक्ष शालिकराम डुम्रेको आथित्यता रहेको थियो । स्वर्गिय कोइरालाकी छोरी नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले जीपी कोइराला फाउण्डेशन स्थापना गरेकी हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here