जिवनमा धेरै दुःख पाए

0
111

गजल

( १ )
बाल्य देखी नै जिवनमा धेरै दु:ख पाएँ
धेरै खुट्कीला पार गर्दै यहाँ सम्म आएँ
( २ )
जिवनमा दुख्खहरू पर्खाल बनिदिँदा
पोखेर यी आँशु दु:खकै गीतहरू गाएँ
( ३ )
आफ्ना सारा रहरहरू बन्धकी राखेर
थोरै खुशी खोज्न बिदेशी गल्ली गल्ली धाएँ
( ४ )
संघर्ष नै जिवन हो यही बुझेर मैले
लुकाएर आँशु बाहिर बाहिर रमाएँ
( ५ )
भुलेर पनि नआऊ भो साथी परदेश
आएर आज पछुतो लाग्छ म बाटो बिराएँ

नवीन बस्याल प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here