जिन्दगी दुख्छ

0
114
Silhouette of hiking man in mountain

गौरीलाल कार्की

जब मन दौडिन्छ
हृदय कठोर हुन्छ
मुटुमा पहिरो जान्छ
तब जिन्दगी दुख्छ ।

जब निराशा पलाउँछ
आशा हराउँछ
नयन रसाउँछ
तब जिन्दगी दुख्छ ।

जब छाती चिरिन्छ
कलेजी रेटिन्छ
टाउको चस्किन्छ
तब जिन्दगी दुख्छ ।

जब अतित झल्किन्छ
मगज छछल्किन्छ
दिलको घाउ बल्जिन्छ
तब जिन्दगी दुख्छ ।

जब खुसी आँसु बन्छ
निद्रा भंग हुन्छ
छाँया दुष्मन बन्छ
तब जिन्दगी दुख्छ ।

जब मीठो कुरा हुन्छ
बगलीमा छुरा हुन्छ
मित्रतामा चट्याङ पर्छ
तब जिन्दगी दुख्छ ।

जब बन्धुत्व नाश हुन्छ
मानवता ह्रास हुन्छ
भावनाको उपहास हुन्छ
तब जिन्दगी दुख्छ ।

जब बाचा तोडिन्छ
बाटो छोडिन्छ
विश्वास धर्मराउछ
तब जिन्दगी दुख्छ ।

जब गुण देखिन्न
न्याय सुनिन्न
खोइरो खनिन्छ
तब जिन्दगी दुख्छ ।

जब विलासिता जाग्छ
नैतिकता भाग्छ
अनि शिर झुक्छ
तब जिन्दगी दुख्छ ।
तब जिन्दगी दुख्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here