जापान नेपाली एकता समाज जापानको तीज कार्यक्रम सम्पन्न

0
322

मेघराज रिष्मेली
जापान । जापान नेपाली एकता समाजद्धारा आयोजना गरिएको तीज धमाका २०१८ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाली महिलाहरूको महानपर्व हरितालिका तीजको अवसर पारेर गत बुधबार अर्थात सेप्टेम्बर १२ तारिख का दिन सिन ओसाकाको कोको प्लाजामा सयौं दर्शकको उपस्थितिमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा जनवादी गायक लिला परियारको साथमा लोक दोहोरी गायक दुर्गेश कार्की, दिनेश केसी, दिपक केसी, यम सापकोटाले आ–आफ्नो प्रस्तुति दिंदा महिला दिदीबहिनी दाजुभाई मज्जाले नाचेका थिए, त्यसको बिच बिचमा नौमति बाजाले अझै रौनक थपेको थियो कार्यक्रममा जापानको ओसाका (कान्साई) मा रहेका विभिन्न महिला समुहहरु थाकाचुकी समुहको नेतृत्व जया पौडेल, सुइता समुहको नेतृत्व खिमा सापकोटा र हिराकाता समुहको नेतृत्व मिना केसी गरि सामुहिक तीज गित र नृत्य प्रस्तुत गर्नुभएको थियो । बिच बिचमा रक्तिम अभियान जापानले रक्तिम गित र नृत्य पस्तुत गरेका थिए । कार्यक्रम समाजसेवी तुल्सीराम खरेल, आत्मराम गैरे, राजु गैरे, नरी काडेल, हर्क थापा त्यस्तै बिभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो ।

कार्यक्रम माया केसीको अध्यक्षता भिम केसीको बिसिस्ट आथित्यता, एकता समाजका अध्यक्ष यमलाल सापकोटाको प्रमुख आतिथ्यता, महिला नेतृ मिनाद केसीको स्वागत मन्तब्य महासचिव तेजेन्द्र क्षेत्रीको सञ्चालन र साँस्कृतिक कार्यक्रम रक्तिम अभियान जापानका संयोजक सचित्र केसीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here