जापान नेपाली एकता समाजले तीज कार्यक्रम भव्यरुपमा मनायो।

0
53

एकतासमाजलेतीजकार्यक्रमभव्यरुपमामनायो।

जापान नेपाली एकता समाजले सधैं जस्तै यसपाली पनि नेपाली नारीहरुको विशेष पर्व तीज भव्य रुपमा मनाएको छ कार्यक्रममा जम्मा भएका चेलीवेटीरुलाई तीजको महत्व र त्यसको सदुपयोग तथा प्रवासमा नेपाली नारीहरुले तीजको अवसरमा खेल्नु पर्ने भूमिकाका विषयमा प्रष्ट पार्ने कोशिस गरिएको थियो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष देबेन्द्र बस्यालले गर्नु भएको थियो भने कार्यक्रमको संचालन मिरा पुरीले गर्नु भएको थियो कार्यक्रममा प्रवासी नेपालीहरुका पिडा र हामीले खेल्नु पर्ने विषयका बारेमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्व उपाध्यक्ष मानबहादुर थापा बोल्नु भएको थियो भने, एकता समाजले जापानको हकमा खेल्नु पर्ने भूमिकाका विषयमा समाजका उपाध्यक्ष डण्ड केसी, शिव गिरी, सचित्र केसी, शालिकराम सापकोटा र विष्णु केसीले प्रवचन दिनुभएको थियो बोल्ने क्रम सकिएपछी दरखाने कार्यक्रम भयो त्यसपछी विभिन्न प्रगतिशिल गीतहरु जस्तै जीवन शर्माको सालेजो शंकटपर्दा नआतिनु संङगी हो, नीलीमा पुनको प्रदेसीका पीडा र अन्य लोग गीतहरुमा चेलीवेटीहरू छमछमी नाचेर यस वर्षको तीज पर्व पनि हर्षउल्लासका साथ मनाइएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here