“जागौं युवा, लागौं युवा” अभियान तीव्रता साथ अघि बढदै

0
174

दाङ । स्थानीय तहको अधिकार र बिकास बजेट बृद्धी गर । भ्रष्टाचार, महङ्गी, कमिसन तन्त्र बन्द गर भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ र अखिल (छैठौ)को जागौ युवा लागौ युवा अभियानले तीव्रता लिएको छ ।

त्यसै क्रममा जनश्रम मा.वि.खाद्रेमा बिक्रम घर्तीको अध्यक्षतामा १९ सदस्यीय समिति, राप्ती बबई बहुमुखी क्याम्पसमा गंगा देबि केसीको अध्यक्षतामा २१ सदस्यीय समिति र माध्यामिक बिद्यालय कालाखोलामा बर्षा जैसीको अध्यक्षतामा १५ सदसिय समिति गठन गरेको छ ।

सो समितिलाई युवक संघका केन्द्रीय सचिब भक्त बहादुर बिकले प्रशिक्षिण तथा शुभकामना दिएका थिय । उक्त कार्यक्रममा संघका केन्द्रीय सदस्य हरि योगी, निर्मल पौडल जिल्ला सदस्य डोरबहादुर केसी तथा अखिल (छैठौ) का जिल्ला सचिबालय सदस्य लक्ष्मण बिक र जिल्ला सदस्य राज कुमारी चौधरी समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here