जरुर आउनेछ समाजवाद 

0
126
-प्रतिभा शर्मा 
मार्क्सको विरोध गर्ने
मृत्यु शैयामा पुग्न लागेको पुजीवाद
मार्क्सवादको खिसिट्युरी गर्ने
नासवान पुजिवाद
र पुजीवादीहरु
केही लाज त मान्नु पर्ने हो ।
त्यही मार्क्सको नाममा ।
नाटक देखाएर
क्याफे चलाएर
पुस्तक बेचेर
पुजीवाद बाच्न मरिहत्ते गर्छ ।
लाज नभएका
पुजीवादी वौद्विकहरुलाई
संकट र विपत्तिमा
मार्क्सवादका ठेली नपल्टाई सुखै छैन
अझ निर्लज्ज भएर भन्दैछन
मार्क्सवाद आउटडेटेड भयो ।
कान खोलेर सुन हे पुजीवादी व्वासाहरु
आउटडेटेड त्यो भयो
जसले आफू बाच्नकै लागि
प्रकृतिलाई दोहोन गरिरहेछ।
मान्छेको रगत पिइरहेछ।
मुठ्ठीभर धन्नाड्यको लागि
खर्बौ मजदुरहरुको रगत पिइरहेछ ।
आउटडेटेड त त्यो भयो ।
त्यो मर्न लागेको पुजिवाद ।
अनि कान खोलेर सुन हे पुजिवाद
न मार्क्स मर्छन न मार्क्सवाद।
धर्तीमा साम्यवाद
जबसम्म आउनेछैन नि
रहिरहनेछ वर्गसंघर्ष ।
चलिरहनेछ उथलपुथल ।
मरिरहनेछ पुजीवाद ।
निर्माण भैरहनेछ समाजवाद ।
यो सत्य ठोकेर भन्न मिल्छ
मार्क्सवाद अजय छ
क्रान्तिको ज्वाला हो ।
समाजवादको रोडम्याप हो ।
समाज विज्ञानको गति हो ।
श्रमजीवीको हतियार हो ।
उत्पीडितको मलमपट्टि हो ।
पुजीवादलाई खतम गर्ने ।
वैचारिक हतियार हो यो ।
यो रोकिन्न्न ।
यो छेकिन्न ।
हजार बाधा अडचन आए पनि ।
आधीहुरि चले पनि ।
वर्गसंघर्षको भट्टीमा
हुर्किरहेको छ समाजवाद ।
कहिल्यै नढल्ने गरेर ।
इतिहासका शिक्षाबाट ।
साम्यवादमा पुग्न ।
पुजीवादलाई फेरि फर्कन नदिन ।
क्रान्ति ज्वाला झै सल्किरहेछ समाजवाद ।
यो न्युयोर्कदेखि भियनासम्म।
वेइजिङदेखी मस्कोसम्म।
सगरमाथादेखि माउन्ट केटुसम्म ।
प्रशान्तदेखी सुमेरु महासागरसम्म ।
जताततै तुफानी गतिमा ।
हर्सोउल्लाहस सहित ।
राताराता झण्डा फहराउदै ।
जरुर आउनेछ समाजवाद ।
जरुर आउनेछ साम्यवाद ।
सकेर पुजिवाद आउनेछ समाजवाद ।
२०७७ वैशाख २३ , काठमाडौं
(२०२ औं  मार्क्स जयन्तीको अवसरमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here