जयपुरमा २०७५ को भैलो समापन

0
167

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं जयपुर दक्षिणको संयुक्त आयोजनामा २०७५ को भैलो समिक्षा तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।

ओम थापाको अध्यक्षता तथा रामप्रकाश शर्माको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई मंगलसिंह खड्काले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमका केन्द्रीय सदस्य नारायण शर्मा, मोहन गिरी, महिला विभागकी सदस्य हुमा रजाली, रक्तिम केन्द्रीय विभागका रिम राना, खेल विभागका सदस्य टंकबहादुर थापा, मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेलबहादुर रजाली, सचिव नारायण ज्ञवाली, महिला क्षेत्रीय विभागकी अध्यक्ष कल्पना थापा, विद्यार्थी संघ मध्य पश्चिमोत्तर क्षेत्रीय सचिव पूनम थापा, जनजाति क्षेत्रीय विभागका बलबहादुर खासु, रक्तिम विभागका सदस्य नारायण पौडेल, मूल प्रवाह जयपुर नगर समितिका संस्थापक सदस्य छविलाल उपाध्याय, जयपुर दक्षिणका पुरन राना, जयपुर उत्तरका अमर परियार, उत्तर नगर समिति अन्तर्गत बिकेआई एरिया समितिका खडक श्रेष्ठ, वाटर वर्क्स कर्मचारी युनियनका नेता राजकुमार कायथ लगायतले आतित्थ्यता ग्रहण गर्नुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा जयपुर दक्षिणका सदस्य पुरन राना, जयपुर उत्तरका सदस्य अमर परियार तथा जयपुर उत्तर अन्तर्गत बिकेआई एरिया समितिका खड्कबहादुर श्रेष्ठलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै स्वदेश विदाई गरिएको थियो । त्यस्तै भैलोको कार्यक्रमम सराहनीय योगदान दिने कलाकारहरुलाई सोही कार्यक्रमको उपहार प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here