जयपुरमा मूल प्रवाहको तिजी कार्यक्रम भव्य रुपमा सम्पन्न

0
1086

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर र दक्षिणको संयुक्त आयोजनामा तिजी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । दिपा थापाको सञ्चालन लक्ष्मी केसीको अध्यक्षता तथा चन्द्रा बस्नेतको स्वागत भाषण पश्चात मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्री सदस्यद्वय नारायण शर्मा, मोहन गिरी, रक्तिम केन्द्रीय विभागका रिम राना, मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेलबहादुर रजाली, सचिव नारायण ज्ञावली, महिला बिभाग केन्द्रीय विभागकी हुमा रजाली, महिला विभाग मध्य पश्चिमोत्तर क्षेत्रीय विभागकी अध्यक्ष कल्पना थापा, अखिल भारत नेपाली विद्यार्थी संघ क्षेत्रीय सदस्य निकीता थापा लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै जनजाति विभागका बलबहादुर खासु, खेल विभगका टंक बहादुर थापा, मूल प्रवाह जयपुर दक्षिणका अध्यक्ष ओम थापा, उत्तरका अध्यक्ष रामप्रकाश शर्माले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

हजारौंको जनसहभागिता रहेको उक्त कार्यक्रम अत्यन्तै शानदार रुपमा सफल भएको थियो । सो अवसरमा वयोवृद्ध नागरिक मकरे सापकोटालाई दोसल्ला ओडाए

सम्मान गरिएको थियो । त्यसैगरी संगठनलाई विविध रुपमा सहयोग पुराउने सहयोगीहरु र २०१८ को परीक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here