जब बाल मजदुर छिमेकमा पठाउँन थालियो

0
86

गजल

  • सुरेशकुमार पान्डे

जब बाल मज्दुर छिमेक मा पठाउँन थालियो,
युवाहरुलाई बिदेशी बोडरमै खटाउँन थालियो।

मेरो देश त्यहि दिन देखि नाङ्गेझार हुँन थालेछ,
जब साशक बिदेशीसँग घाँटी सटाउँन थालियो।

उद्दोग धन्दा खोल्ने ता बिचारनै पलाएन देशमा,
रोजगार माग्नेलाई त सिमाना कटाउँन थालियो।

झन जात भातको प्रथा समाजमा पस्के पछि त,
असायलाई छुवाछुतको नाउमा ठटाउँन थालियो।

डाक्ट्र अस्पताल नभय ऊपचारको बिधि देश मा,
बोक्शी र झाँक्रि भन्दै मष्तिक फटाउँन थालियो।

मेला र पर्व समाज भित्र सबैलाई ता आउँछ यार,
भोका नाङ्गाहरुले हुँने खानेलाई पटाउँन थालियो।

आफ्नै शन्तानलाई देश बिहिन गराएर राज गर्दा,
अरु देश बाट हाम्रो देशमा धेरै अटाउँन थालियो।

साँच्चै भन्नु पर्दा सेतेले भन्छ हो त्यही दिन देखी,
हाम्रो शुन्दर देश को पनि आयु घटाउँन थालियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here