जन्मदिनमा सेनेटरी प्याड र हातधुने साबुन वितरण

0
151

माधव भाट क्षेत्री,
मंसिर १३, कपिलवस्तु । रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनकी शिक्षा संयोजक एवं होराइजन माध्यमिक विद्यालयकी शिक्षिका शिक्षासेवी लेखा शर्मा घिमिरेले आप्mनो जन्मोत्सवको अवसरमा छात्राहरुका लागि सेनेटरी प्याड र हातधुने साबुन वितरण गरेकी छिन् ।

बाणगंगा नगरपालिका ३ कपिलवस्तुस्थित भवानी माध्यविक विद्यालय भक्तौलीमा आयोजित एक कार्यक्रमका बिच कक्षा ६ देखि कक्षा १० सम्मका ७० जना छात्राहरुलार्ई सेनेटरी प्याड र विद्यालयको लागि हात धुने सावुन वितरण गरेकी हुन् ।

सेनेटेटरी प्याड वितरण कार्यक्रमा रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका अध्यक्ष बासुदेव घिमिरे, शिक्षासेवी नन्दकिशोर शुक्ला, विष्णुमाया श्रेष्ठ, अञ्जु अधिकारी, शुष्मा खाँण, लुम्बिनी दर्पण साप्ताहिका प्रधान सम्पादक कृष्णप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

शिक्षा सेवी नन्दकिशोर शुक्लाले जन्मदिनमा सेनेटेरी प्याड वितरण र महत्वको विषयमा प्रकाश पारेका थिए । शिक्षा संयोजक एवं शिक्षासेवी लेखा शर्माले जन्मदिनमा यसरी छात्राहरुलाई सहयोग गर्न पाएकोमा आफू निकै हर्षित भएको बताइन् ।

कार्यक्रममा रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका अध्यक्ष बासुदेव घिमिरेले रोटरी क्लबले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउँदै आगामी दिनमा विद्यालयमा थप नयाँ कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाए । घिमिरेले जन्मदिनको अवसरमा हुने फाल्तु खर्च बचाएर विद्यार्थीलाई सेनेटरी प्याड र विद्यालयलाई हात धुने साबुन वितरण गरेकोमा धर्मपत्नी शर्माको प्रंसशा गरे ।

शिक्षक प्रदीप पौडेलेको स्वागत मन्तवय तथा विद्यालयका सहायक प्राध्यापक महेन्द्रप्रसाद पौडेलको अध्यक्षताबाट कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रमको सहजीकरण द्वितीय उपाध्यक्ष माधवभाट क्षेत्रीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here