जन्ती बनेर आउँदै भारतका गृहमन्त्री र प्रदेश मुख्यमन्त्री

0
202

जनकपुर धाम । भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर धाम आउने भएका छन् । २०७५ मङ्सिर २६ गते रामजानकी विवाह पञ्चमी महोत्सवमा जन्ती बनेर गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी आउने सुनिश्चित भएको हो ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार, तिहारमा अयोध्या पुगेर मुख्यमन्त्री आदित्यनाथले नै जनकपुरमा विवाह पञ्चमी महोत्सवका दिन जन्ती बनेर जनकपुर धाम जाने भनेर घोषणा गरेका थिए । वैष्णवले अगाडि भने– उनीसँगै गृहमन्त्री सिंह पनि आउनेछन् । त्यसको जानकारी भारतीय राजदूतावास मार्फत् समेत गराइसकिएको छ ।

विगतमा भारतको अयोध्याबाट साधुसन्त मात्र जन्ती बनेर आउने गरेका थिए । यसपालि भारत सरकारकै मन्त्री उपस्थित हुने भएकाले जनकपुरमा २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने तयारी भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here