-
रमेश विसी
आयो रे गणतन्त्र थाप यसमा, माैका यही हो भन।
आयो रे मनतन्त्र नाप जसमा, पाइन्छ नाैलो पन॥
माैका नै यसमा नयाँ रुपबनी, आँधीहुरीमै तन।
रानी खेत हिलो भई गढिगयो, पीडितको मन॥
कस्तेै काम परेर आइ उभिँदा, हप्काइ खाँदै गयो।
जस्तै काम हरे जगाइ बसदा, लप्काइ खाँदा भयो॥
हातोहात गुलाब फूल कतिको, फुल्दैछ जैले पनि।
हातोहात तयार भेै हिँडि गयो, खुल्दैछ यैले पनि॥
अख्तीयार बनेर नाम जनमा, फैलाइ हावासरी।
डुबेकै दशको बनाइ धनमा, माैका उठाईवरी॥
हेर्दा कानुन यो गरीबहरुको, मुक्ती यसै हुन्छ रे।
लाै आयो गणतन्त्र है घरमा कान्ती उज्यालो छ रे॥
यस्तै गोलमटोल बात जनले, बुझ्नै नि गाह्रो भयो।
भ्रष्टाचार जवान भै फुलि रह्यो, रोक्नै नि साह्रो भयो॥
जनता यै रनभुल्ल मै परिरहे, नेता उकाली चढे।
जनताकै खुनमा रमाइ यसरी, माैका बनाई रहे॥
हत्याराहरुले खुलेर अब ता, आतङ्क मच्चाउने ।
लूटेराहरुले खुलेर अब ता, कालो रु.भित्र्याउने॥
रातारात करोडको बनिरह्यो, कालो नि कालो धन।
देशैको धनले महान बनि गो, मन्त्री र नेता दुबै।
लुटे है ढुकुटी मजा गरिरहे, जनता नि रोए खुबै॥
wylhnar a01e64a247 https://wakelet.com/wake/_g2rALsWmg66L3UJsc8cc