जनजाति सम्मेलनको कन्चनपुर- दाङ अभियान सम्पन्न

0
46

घोराही । मुक्त कमैया पुनर्स्थापनाको माग गर्दै अखिल नेपाल जनजाती सम्मेलनले माघ ७ गते कन्चनपुरबाट सुरु गरेको ‘कञ्चनपुर–दाङ अभियान आईतबार दाङ पुगेर सम्पन्न भएको छ । विभिन्न जिल्लामा कमैया बस्तीमा भेटघाट, छलफल अन्तरक्रिया एवं प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अभियान टोली आइतबार दाङ आईपुगेको हो ।

टोलीले आइतबार नै दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।  सम्मेलनका अध्यक्ष निम बहदुर बुढाथोकीको नेतृत्वमा गएको टोलीले दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाललाई ज्ञापनपत्र बुझाएको हो ।

यस्तै, दाङमा विभिन्न संघसंस्था एवं मुक्त कमैयाका प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । यसअघि मुक्त कमैयाका समस्या समाधानका लागि दबाब दिन कञ्चनपुर, कैलाली, बर्दिया र बाँकका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनुका साथै  पाँचवटै जिल्लामा अन्तरक्रिया, भेटघाट, छलफल, जस्ता कार्यक्रमहरु गरिएको सम्मेलनका महासचिव रामबहादुर बुढाले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, उपाध्यक्ष लालबहादुर राना, महासचिव रामबहादुर बुढा, केन्द्रीय सदस्य नरेश आलेलगायतका नेताहरुको नियमित टोली छ भने स्थानीयस्तरमा राजमो र अन्य जनवर्गीय संगठनका नेताहरु सामेल छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here