जनजाति सम्मेलनको अधिवेशन इटहरीमा

0
323
Photo File

काठमाडौं । अखिल नेपाल जनजाति सम्मेलनले चौथो राष्ट्रिय महाधिवेशन आगामी माघ ११ देखि १३ गतेसम्म सुनसरी जिल्लाको इटहरीमा सम्पन्न गर्ने भएको छ । सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकीद्वारा २०७५ कार्तिक २५ गते जारी गरिएको प्रेस विज्ञप्तीमा सो जानकारी दिइएको हो ।

प्रेस विज्ञप्तीमा चौथो राष्ट्रिय महाधिवेशनका लागि “जनजाति समस्या समाधानका लागि वर्गीय समस्याको समाधान !, राष्ट्रियता, जनतन्त्र र जनजाति अधिकारको पक्षमा चौथो राष्ट्रिय महाधिवेशन !” नारा तय गरिएको उल्लेख छ । सम्मेलन पूर्व सङ्गठनात्मक अभियान सञ्चालन गर्न जिम्मेवारी बााडफााट गरिएको लगायतका विभिन्न निर्णयहरु समेटिएको सो प्रेस विज्ञप्तीमा अगाडि भनिएको छ : “अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय समितिको तेह्राौ पूर्ण बैठक २०७५ असोज २१ गते समितिका अध्यक्ष निम बहादुर बुढाथोकीको अध्यक्षतामा रूपन्देहीको बुटवलमा सम्पन्न भयो । वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती प्रकाशित गरिएको छ ।

अखिल नेपाल जनजाति सम्मेलनको चौथो राष्ट्रिय महाधिवेशन अगामी २०७५ माघ ११ देखि १३ गतेसम्म पूर्वी नेपालको सुनसरी जिल्लाको इटहरीमा सम्पन्न गरिनेछ । चौथो महाधिवेशनको मुख्य नारा यस प्रकार तय गरिएको छ– “जनजाति समस्या समाधानका लागि वर्गीय समस्याको समाधान झ्, राष्ट्रियता, जनतन्त्र र जनजाति अधिकारको पक्षमा चौथो राष्ट्रिय महाधिवेशन !”

महाधिवेशन पूर्व जिल्ला अधिवेशन गर्नका लागि स्थानीय सङ्गठन निर्माण, सदस्यता वितरण आदिको आवश्यक मापडण्ड पनि तय गरिएको छ ।

अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिवालय सदस्य मेक बहादुर पाइजाको अन्यत्र साङ्गठनिक जिम्मेवारी भएका कारण केन्द्रीय समितिबाट विदा गरिएको छ । उहााले अहिलेसम्म जनजाति सम्मेलनमा पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङकन गर्दै वैठकले उहालाई धन्यवाद प्रकट गरेको छ ।

बैठकले जिल्ला अधिवेशन र जिल्ला भेला सम्पन्न गर्न केन्द्रीय समितिका तर्फबाट निम्न अनुसार जिम्मेवारी बााडफााट गरिएको छ : हनुमान चौधरीलाई बाके, बर्दिया किसन राना, नरेश आले र हडक रानालाई कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी मान बहादुर सिंजापतिलाई रूपन्देही र कपिलवस्तु, छविलाल सतुङ्गीलाई कास्की, तनहुा, स्याङ्जा राम बहादुर जिएम र रमेशमान गुरुङलाई दाङ र रुकु वीर बहादुर पुनलाई रोल्पा अमरध्वज राना र चन्द्र बहादुर रानालाई प्युठान उषा पुनलाई अर्घाखाची, केन्द्रीय कार्यालयलाई नवलपरासी र नवलपुर निम बहादुर बुढाथोकीलाई ३ नं. प्रदेश तुलमान राना र लिल कुमार राईलाई प्रदेश नं. १ ।

आगामी चौथो महाधिवेशन सम्पन्न गर्न सम्पूर्ण जनसमूहलाई सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौा ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here